
इटहरी / मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारले वर्तमान सरकारले नै स्थानीय, प्रान्तीय र राज्य सरकारको निर्वाचन गराएर नयाँ सत्ता सरकारलाई हस्तान्तरण गर्ने बताए । सुनसरीको दुहवीभलुवा नगरपालिकालाई सोमबार खुलादिसामुक्त नगरको घोषणा गर्दै उहाँले वर्तमान गठबन्धन सरकार विघटन हुने अवस्था सिर्जना भइनसकेको दाबी समेत गरेका छन् । विगतमा ठूला राजनीतिक दलका शीर्ष नेताबीच सहमति र सहकार्य हुन नसकेकै कारणले राष्ट्रिय मुद्दाहरूमा एकता सहमति र सहकार्य हुन नसकेको हो भन्दै उनले देश र जनताका सरोकारका विषयमा साझा सहमति नबनेसम्म देश समृद्ध बन्ने नसक्ने उल्लेख गरे । दुहबीभलुवा नगरपालिकाको चार हजार ८०७ घर परिवारमा शौचालय निर्माण गरी प्रयोगमा ल्याइएसँगै नगरापालिकालाई खुल्ला दिसामुक्त घोषणा गरिएको हो । रासस