LOGO LOGOपाँचथर  /  किरात याक्थुङ चुम्लुङको २८ औं स्थापना दिवश शुक्रबार पाँचथरमा विविध कार्यक्रम गरी मनाइएको छ । दिवशको अवशरमा चुम्लुङ फिदिम नगर शाखाको आयोजनामा फिदिममा शुभकामना आदान /प्रदान कार्यक्रम सम्पन्न भएको छ ।  चुम्लुङका केन्द्रीय सचिव निरन्ति तुम्बापोको प्रमुख आतिथ्यता तथा नगर शाखाका कार्यबाहक अध्यक्ष मनकुमार केरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथ तुम्बापो सहति विभिन्न व्यक्तित्वहरुले शुभकामना राखेका थिए । सोही अवसरमा चुम्लुङ केन्द्रीय कार्य समितिले स्थापना गरेको याक्थुङ सहयोग कोषबाट प्रदान गरिने छात्रवृत्ति फिदिम नगरपालिकाको सुखबोध मावि कक्षा १० मा अध्ययनरत विद्यार्थी अशोक तुम्बापोलाई वितरण गरिएको छ । २ हजार रुपैंयाँको उक्त छात्रवृत्ति प्रमुख अतिथि तुम्बापोले  वितरण गरिन । त्यस्तै जिल्लाको यासोक, सिदिन र पञ्चमी गाविसमा पनि विविध कार्यक्रम गरी स्थापना दिवश मनाइएको चुम्लुङ पाँचथर शाखाका अध्यक्ष नरेन्द्रराज केरुङले बताए ।