Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • स्वास्थ्य
  • कठिन वार्ता गर्दै बेलायती प्रधानमन्त्री

कठिन वार्ता गर्दै बेलायती प्रधानमन्त्री

alt
  • जेठ ३०, २०७४
  • ब्लाष्ट खबर

लन्डन/ बेलायती प्रधानमन्त्री टेरेसा मेले मङ्गलबार विपक्षी दलसँग सरकार निर्माणका लागि वार्ता गर्दै हुनुहुन्छ । जुन वार्तालाई प्रधानमन्त्री मेको कार्यकालको एक कठिन वार्ताका रुपमा ब्याख्या गरिएको छ ।

उनले आफ्नो सरकारका लागि आवश्यक बहुमत हासिल गर्नका लागि मङ्गलबार बेलायतको कट्टरपन्थी मानिएको नर्दन आइरिस पार्टीसँग सो वार्ता गर्न लागेका हुन् । यस वार्ताबाट उनले आफ्नो सरकारको निरन्तरताका लागि आफूलाई बहुमत दिलाउनुपर्ने छ । अन्यथा उनको दलले सरकारको निरन्तरताको बैधानिक हैसियत राख्ने छैन । बेलायतमा हालै भएको मध्यावधी संसदीय निर्वाचनमा उनको कन्जरभेटिव पार्टीले बहुमत हासिल गर्न सकेन । सोही कारण उनले अर्काे दलसँगको सहकार्यमा मिलीजुली सरकार निर्माण गर्नुपर्नेछ । उनले मङ्गलबार नर्दन आइरिस पार्टीका प्रमुख अर्लेन फोस्टरसँग भेटवार्ता गर्दैछ । उत्तरी आयरल्याण्डको सो दललाई बेलायतमा अल्ट्रा कन्जरभेटिव अथवा कट्टरपन्थी दलका रुपमा लिइन्छ । उनले सो दलसँग वार्ता गरेर आफ्नो सरकारका लागि समर्थनको चाँजो मिलाउनुलाई एक कठिन कार्यका रुपमा यहाँका सञ्चारमाध्यमहरुले ब्याख्या गरेका छन् । प्रधानमन्त्रीको कन्जरभेटिव पार्टीले संसदमा आफ्नो बहुमत सिद्ध गर्नका लागि संसदको कुनै दलले कम्तीमा पनि ८ स्थान आवश्यक पर्दछ । प्रधानमन्त्री मेले वार्ता गर्न लागेको सो दलको हाल संसदमा १० स्थान रहेको छ । सो दलले समर्थन गरेमा मेका लागि आवश्यक बहुमत प्राप्त हुने स्पष्ट छ । उक्त मध्यावधी निर्वाचनमा प्रधानमन्त्री मेको कन्जरभेटिभ र लेबर पार्टीले पनि स्पष्ट बहुमत हासिल गर्न सकेन । जसले गर्दा अर्काे कुनै सानो एक दलको सहारा लिएर मिलीजुली सरकार निर्माण गर्नुपर्ने संवैधानिक प्रावधान सिर्जना भएको छ । प्रधानमन्त्री मेलाई निर्वाचनको समय नपुग्दै अर्थात करिब तीन बर्षअगावै मध्यावधि निर्वाचनको आह्वान गरेकोमा यसअघि नै पार्टीभित्रैबाट चर्काे आलोचना भएको थियो । निर्वाचनको केही समय अघि लन्डनमा पछिल्लो पटक भएको आतङ्ककारी हमलाभन्दा अघिको अवस्था हेर्दा प्रधानमन्त्री थेरेसा मेको पक्षमा जनमत बढी भएको जस्तो देखिएपनि निर्वाचाको आह्वानसँगै यो हमलाका कारण उहाँको अलोकप्रियता सुरु भएको थियो । यसको फाइदा यहाँको लेबर पार्टीका नेता जेर्मी कर्बिनका पक्षमा गयो । तर सो पार्टीले पनि संसदमा स्पष्ट बहुमत हासिल गर्न भने सकेन । जसका कारण अबको सरकार मिलिजुली हुने भएको हो । बेलायतमा आतङ्ककारी हमलाको त्रास बढ्दो मात्रामा रहेकाले पनि निर्वाचनमा सुरक्षाका विषयलाई लिएर विभिन्न प्रश्न उब्जिएको थियो । शान्ति सुरक्षा चुस्त राख्न नसकेको भन्दै प्रधानमन्त्रीको आलोचना भएको हो । सोही कारणले गर्दा पनि उनको लोकप्रियता पछिल्लो समयमा घट्दा निर्वाचन परिणाम पनि त्यस्तै प्रकृतिको आउनसक्ने अनुमान गरिएको थियो । उनलाई राजिनामा दिन विपक्षी लेबर पार्टी र आफ्नै पार्टीबाट पनि व्यापक मात्रामा दबाब आएको थियो । प्रधानमन्त्री मेले आफूले राजिनामा नदिने र बरु अर्काे दलसँगको वार्तापछि सरकारका लागि आवश्यक बहुमत हासिल गर्ने निर्णय गरेकाे हो । रासस÷एएफपी

सम्बन्धित समाचार
चोत्लुङ पार्कमा सिरिजङ्गा पाण्डुलिपि विज्ञानालय स्थापनार्थ अन्तरक्रिया

धरान । तेह्रथुमको लालीगुराँस नगरपालिका वसन्तपुरमा रहेको चोत्लुङ पार्क परिसर ...

आजको राशिफलः २०८२ साल भदौ ८ गते आइतबार

श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल भदौ ८ गते आइतबार, २४ अ ...

‘मेडिकल हब’ बनाउने यात्रामा न्यूरो अस्पतालको रजत जयन्ती

विराटनगर (ब्लाष्ट) सानो पाइलाबाट सुरु भएको एउटा स्वास्थ्य संस्थाले कसरी आफ् ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
चोत्लुङ पार्कमा सिरिजङ्गा पाण्डुलिपि विज्ञानालय स्थापनार्थ अन्तरक्रिया
आजको राशिफलः २०८२ साल भदौ ८ गते आइतबार
‘मेडिकल हब’ बनाउने यात्रामा न्यूरो अस्पतालको रजत जयन्ती
एकातिर आन्दोलन, अर्कोतिर पारित
धरान नगरको ‘बजेट होलिडे’: ऐन–कानून मिच्न धरान अगाडि
सहकारी ठगी मुद्दा प्रकरणः सांसद् पत्नी अन्जलालाई एक करोड धरौटी माग
बीपी प्रतिष्ठानमा अतिरिक्त रेफर शुल्क हटाइयो
धरानमा छतबाट लडेर एकको मृत्यु
आमसञ्चार विधेयक सुधार गरौं
आजको राशिफलः २०८२ साल भदौ ६ गते शुक्रबार
सदनमा सबैभन्दा बढी जनताको आवाज बोल्ने यी महिला सांसद्
पत्रकारलाई डेढ लाखसम्म जरिबाना गर्ने प्रावधान कायम
पुरानो अस्पतालको जग्गा नगर मातहत ल्याउन एकमत
गणेश चौथी र विजयपुरका चार गणेश
साइबर अपराधमा दक्ष जनशक्ति परिचालन गर
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
टिकटकको नयाँ फिचर्स सेवा सुरु
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved