धनकुटा । जिल्लाको साँगुरीगढी गाउँपालिका–६ कार्कीछापमा शनिबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । धरानबाट भोजपुर जाँदै गरेको को २ त २८३९ नम्बरको ट्याक्टर दिउँसो करिब १२ बजे सडकमा पल्टिँदा चालक र सह–चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर चालक सुनसरीको इटहरी उप–महानगरपालिका–१८ का २३ बर्षीय सुरज विक र सह–चालक भोजपुर षडानन्द नगरपालिका–१ का २२ बर्षीय निशान भुजेलको मृत्यु भएको धनकुटाका ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए । ओरालो सडकमा ट्याक्टर अनियन्त्रित भई सडकमा पल्टिदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो।