धनकुटा । जनज्योती बचत तथा ऋण सहकारी सस्था लिमिटेड धनकुटाले शेयर सदस्यहरुलाई १५ प्रतिसतका दरले बोनस वितरण गरेको छ । सस्थाको पाँचौ बार्षिक साधारणसभाको अवसर पारेर शेयर सदस्यहरुलाई मुनाफावापतको वोनस प्रदान गरिएको हो ।
कुल शेयर पूँजी ९ लाख ३७हजारको १५ प्रतिसतका दरले शेयर सदस्यहरुलाई वोनस प्रदान गरिएको सहकारीका ब्यवस्थापक यज्ञप्रसाद ढुंगेलले जानकारी दिएका छन ।साधारणसभामा सहकारीका अध्यक्ष विकास घिमिरेले बार्षिक प्रतिवेदन प्रस्तुतगर्दै आर्थिक बर्ष ०७३र७४ मा बचत तर्फ २ करोड ९० लाख ३८ हजार ९ सय ९४ संकलन भएको बताएका छन ।
धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको प्रमुखआतिथ्यमा सम्पन्न साधरणसभामा सहकारीले आ.व.०७३÷०७४ मा२ करोड ६२ लाख७२ हजार ५ सय ५१ ऋण लगानी र १ करोड ८६ लाख ३ हजार २ सय ८७ बचत फिर्ता गरेको छ । त्यस्तै हाल सहकारीमा १ करोड ४३ लाख ५ हजार ६ सय ७ बचत रहेको अध्यक्ष घिमिरेले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
सहकारीले गतआर्थिक बर्षमा २ करोड ६२ लाख७२ हजार ५ सय ५१ ऋण लगानी गरेको छ । सहकारीमा हाल १ सय ५७जना शेयर सदस्य छन । ४ सय ४० बचतकर्ता रहेका छन् । सभालाई संवोधनगर्दै धनकुटा नगरपालिकाका प्रमुख तामाङले सहकारीहरुले साना ब्यावसायको प्रवद्र्धनमा टेवापुर्याएको बताएका छन । सहकारीले ब्यावसायको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको दावीगर्दै उनले आगामी दिनमा नगरपालिकाले सहकारीको विकासमा सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन ।