श्री शालवाहनीय शाके १९४६ ने.सं.११४५ वि.सं.२०८२ साल असार २२ गते आइतबार, ६ जुलाई २०२५, सिद्धार्थीनाम संवत्सर। आषाढ शुक्लपक्षको एकादशी तिथि २०ः४० बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र विशाखा २३ः०१ बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमा राशि तुला, सूर्योदय ०५ः१५ बजे र सूर्यास्त ०७ः०१ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अतिथिका रूपमा सत्कार पाइनेछ। खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ। आम्दानी बढाउने काम सुरु हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
धेरै बोल्दा समस्या आउन सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। योजना गोप्य राखेर अघि बढ्नुहोला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। व्यापारलगायत आर्थिक लाभ हुने समय छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित गराउन सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ। पहिलेका चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्यामा वृद्धि, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ। व्यापारमा फाइदा हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सन्तानको साथले उत्साह जगाउनेछ। मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
साझेदारीका समस्या सुल्झनाले दिगो योजनामा अघि बढ्दा फाइदा उठाउन सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्नुहोला। आर्जित द्रव्य अरूलाई दिने नभई भिœयाउने समय छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दिएको धनमाल पछि आफैलाई आवश्यक पर्न सक्छ। पुरानो सम्झौता नवीकरण हुनाले पछिसम्म फाइदा हुनेछ।