श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल असार २० गते शुक्रबार, ४ जुलाई २०२५, सिद्धार्थीनाम संवत्सर। आषाढ शुक्लपक्षको नवमी तिथि १६ः४२ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र चित्रा १७ः४९ बजेसम्म, उप्रान्त स्वाती, चन्द्रमा राशि तुला, सूर्याेदय ०५ः१४ बजे र सूर्यास्त ०७ः०२ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। सोझोपनको फाइदा अरूले उठाउन सक्लान्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आकस्मिक खर्च बढ्नेछ। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिहिनेत गर्दा चुनौती चिर्दै काम बनाउन सकिनेछ। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कामको मेसो नमिल्दा योजना अधुरै रहनेछ। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धैर्य एवम् लगनशीलताले उपलब्धि दिलाउनेछ। व्यवसायमा फाइदा हुनेछ। सन्तानको साथले उत्साह जगाउनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
काम दोहो¥याउनु पर्ने स्थिति आउला। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भङ्ग हुनसक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ। महŒवपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
घरायसी आवश्यकता बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। साइनो गाँसी नजिकिनेहरूबाट सावधान रहनुहोला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सबैलाई समेटेर काम लिन नसक्दा पछि परिनेछ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
ईष्र्या गर्नेहरू सक्रिय रहनेछन् । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रतिफल हातपार्न समय लाग्नेछ। दीर्घकालीन योजना बनाएर काम प्रारम्भ गर्ने बेला छ।