धनकुटा/ धनकुटाकै उत्कृष्ट सहकारी रुपमा धनकुटाको सिधुवामा रहेको शुलभ बचत तथा ऋण सहकारीले आफ्नो लगानी बढाएर साढे ६ करोड पुर्याएको जनाएको छ । डिभिजन सहकारी कार्यालय धनकुटाले गतबर्ष पूर्वी पहाडि ४ जिल्लाका सहकारी मध्ये सबैभन्दाउत्कृष्ट ठहर गरेको यस सहकारीले आफ्नो चौथो साधारण सभा गरेर उक्त कुराको आफ्नो शेयर सदस्यहरुलाई यस्तो जानकारी गराएको हो ।गतबर्ष ५ करोड ७लाखलगानी गरेको सो संस्थाले शनिबार साधारण सभा गरेर ६ करोड ४ लाख ४४ हजार २ सय ९८ रुपैंया ऋण लगानी गरेको जानकारी दिएको छ ।

संस्थाकाअध्यक्ष मेघेन्द्र गुरुङ्गको अध्यक्षतामा छ थर गाउँपालिकामा सन्चालितउक्तकार्यक्रममा सहकारीको प्रगतिमा महत्वपूर्ण योगदान पुर्याएको ११ जनालाई सम्मानगरिएको थियो । कार्यक्रममा संस्थाकाउप संयोजकदिबेश खड्काले आव ०७३-७४ मा ६६ लाख ३० हजार बरावको खर्च र ९७लाख १४ हजार बराबरको आम्दानी प्रस्तुत गरेकाथिए ।६ सय ८१ जना शेयर सदस्यहरु रहेको संस्थाको १ करोड १२ लाख १७हजार शेयरपूँजी र ४ करोड ९७लाखनिक्षेप रहेको संयोजक पृथ पौडेलले सो अवसरमाजानकारी दिएका छन् ।

कार्यक्रममा छथर जोरपाटी गाउँपालिकाकाअध्यक्ष शेर बहादुर लिम्बु, स्थानियबिभिन्न बैक तथाबित्तिय संस्थाकाप्रमुखएवं प्रतिनीधिहरुले संस्थालाई सफलताको शुभकामनादिएकाथिए ।