काठमाडौं/ठूला करदाताको कार्यालयले मूल्य अभिवृद्धि कर र आयकर नतिर्ने ठूला २७ व्यवसायिक फर्मलार्इ सार्वजनिक सूचना जारी गरेर कर तिर्न आउन आब्हान गरेको छ।
कार्यालयले पटकरपटक पत्राचार र फोन सम्पर्क गर्दा समेत बक्यौंता तिर्न नआएपछि कर तिर्न सार्वजनिक सूचना जारी गरेको हो।कार्यालयले सार्वजनिक सूचना जारी गरिएका फर्ममा सुधिर बस्नेत,संजय गोल्छादेखि प्रधानमन्त्रीका नातेदार प्रदीप शम्शेर जबरा समेत छन्।प्रधानमन्त्रीका नातेदार प्रदीपले नाकाबन्दीको समयमा भारतबाट हवार्इ इन्धन ल्याएका थिए।
उनको कम्पनी पेट्रोलिम्याक्सले इथोपियन एयरलाइन्समार्फत भारतबाट हवार्इ इन्धन ल्याएर नेपाल आयल निगमलार्इ दिएको थियो।जग्गा व्यापारबाट उदाएका सुधिर बस्नेत जग्गाको मूल्य घटेपछि एकाएक व्यापार डुब्यो।जग्गाबाट कमाएको रकमले अग्नि एयर संचालन ल्याए।तर जग्गासँगै उनले अग्नि एयर समेत गुमाए।
जग्गाबाट डुबेका सुधिरले अग्नि एयरको आयकर अझै तिरेका छैनन्।एयरलाइन्स चलाएर डुबेका निकोन एयरका दीपमणि राजभण्डारीले समेत आयकर तिरेका छैनन्।न्यू नियोटेरिक नेपालले पनि आयकर तिर्न बाँकी छ। गोल्छा समूहका नियोटेरिकका संचालक संजय गोल्छा हुन्।यो कम्पनीले ब्राण्डेड कम्प्युटर बिक्री गर्दै आएको छ।
बिजमाण्डू