धरान / दुई थान पेस्तोलसहित ३ जना लुटेरालाई प्रहरीले धरानबाट पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा विहीबार विहानको राती खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
धरान–१५ का ३९ बर्षीय सरोज गुरुङ, भोजपुर आमचोक–६ घर भई, धरान–११ बस्ने २९ बर्षीय विजय राई, हतुवागढी–घर भई धरान ११ मै बस्ने ३१ बर्षीय सुरेश राईलाई इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेसहितको टोलीले अपराधिक गतिविधीमा प्रयोग हुने ठूलो मात्रमा सामानसहित पक्राउ गरेको हो ।
उनीहरुको साथबाट लागुऔषध, मुखुण्डो, खुकुरी, लागुऔषध जोख्ने डिजिटल काटालगायत विभिन्न सामान पनि प्रहरीले वरामद गरेको छ । शुरुमा प्रहरीले सरोज गुरुङलाई धरान १५ स्थित घरबाट पक्राउ गरेको थियो । उसके बयानका आधारमा धरान–११ स्थित प्रविण राईको घरमा डेरा गरि बस्ने सुरेश राई र विजय राईलाई पक्राउ गरेको थियो ।
गत जेठ १२ गते धरान ४ साउनेटारमा जीवन विकास संस्थाका कलेक्टरलाई गोली प्रहार गरेर ४ लाख २० हजार नगद लुटपाट भएको थियो । प्रहरीले उक्त घटनामा संलग्नलाई अहिलेसम्म फेला पार्न सकेको थिए । उक्त घट्ना पछि प्रहरीले सर्च अभियानलाई तिव्र बनाएको थियो । सोही सकृयताबाट आज सफलता हात मिलेको एसपी पोखरेलले बताए । उनीहरुको संलग्नताबारे अनुसन्धान भइरहेको एसी पोखरेलले बताए ।
धरान १५ स्थित सरोज गुरुङको घरकोठा, कम्पाउण्डबाट बरामद भएको सामानहरू
१. SUNMICA,INDUSTRIAL लेखिएको पेस्तोल थान - २ (दुई)
२. ऐ. को म्यागजिन थान -१ (एक) सोही म्यागजिनमा लोड भएको 7.65 लेखिएको गोली थान -१ (एक)
३. 07 लेखिएको पेस्तोलको गोली थान- १०(दस)
४. 7.62 लेखीएको SLR मा प्रयोग हुने गोली थान - ५ (पाँच)
५. लागु औषध डाईलेक्स डीसी घर कोठाबाट २ बोतल र घर पछाडीको कम्पाउण्डको खाली जग्गाबाट २ बोतल गरी जम्मा ४ बोतल ।
६. को २५ प ४९८९ नं को रातो कालो रंगको पल्सर मोसा थान -१ (एक)
७. MI मोवायल थान-१ (एक) ।
धरान ११ स्थित आफन्त प्रबिण राईको घरमा बस्ने सुरेश राई र बिजय राईको कोठा र उक्त घर कम्पाउण्डबाट बरामद भएको सामानहरू
१. 7.62 लेखिएको SLR मा प्रयोग हुने गोली थान-९ (नौ)
२. लागु औषध खैरो हिरोईन जस्तो देखिने सानो टिनको बाकस भित्र साना साना पोका थान १०(दस), तौल गर्दा २ ग्राम ७३० मिलि ग्राम ।
३. फलामको नक थान -१ (एक)
४.धारिलो हतियार खुकुरी थान- २ (दुई)
५. को ९ प ४३९८ नं को रातो रंग को पल्सर मोसा थान- १ (एक)
६. को ५ प ३७५७ नं को रातो रंग को FZ मो.सा.थान- १ (एक)
७. मुखुन्डो थान -३ (तिन)
८. MI मोवयल सेतो रंगको थान -१ (एक)
९. जिओनी मोवयल सिसा फुटेको थान-१ (एक)
१०. डाईसको गोटी थान -६ (छ)
११. नगद रु १५,१३५।- (पन्ध्र हजार एक सय पैतिस)