ब्लाष्टखबर । इलाका प्रहरी कार्यालय धरानले आज राति हतियारसहित लुटेरा पक्राउ गरेको छ । २ थान पेस्तोल र २६ राउण्ड गोलीसहित उनीहरुलाई आज राति धरानबाट पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । पक्राउ परेकाहरूको प्रहरीले नाम सार्वजनिक गरेकाे छैन् । प्रहरीले भने पक्राउ परेकाहरूको विस्तृत विवरण आजै दिउसो ३ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने भएको छ । सुनसरीका एसपीकाे उपस्थितिमा लुटेरा सार्वजनिक गर्न लागेकाे हाे ।