उदयपुर/ उदयपुरको रौताईमा साडीको पिङ खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ । रौतामाई गाउँपालिका – ८ पाँबु निबासी टिकबहादुर मगरको छोरा शेरबहादु मगरको मृत्यु भएको हो ।

आफ्नै घरमा साडीको पिङ बनाएर खेल्ने क्रममा अचानक साडीको पासो लागेर दिउँसो १२ बजे अन्दाजी १२ वर्षीय बालककलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाउना साथ प्रहरी घटना स्थल पुगी आवश्यक अनुसन्धान पुरा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।