भद्रपुर । झापाको सुरुङगामा यात्रुवहाक बस पल्टिदा एकजनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् ।
पूर्वबाट पश्चिम तर्फ गइरहेको मे११ प ८९७७ नम्बरको स्कुटरलाइ सोही दिशाबाट गइरहेको को १ ख ७२०४ नम्बरको सिमोन ट्राभलले पछाडिबाट ठक्कर दिदा अनियन्त्रीत भइ पल्टिना दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
शनिबार बिहान कन्काइ नगरपालिका १ जामुनबारी चोक नजिकै दुर्घटना भएको जिल्लाका एसपी दिनेशराज मैनालीले बताए । मृत्य हुनेमा स्कुटरमा पछाडि सवार भद्रपुर ९ की २८ वर्षिया सुजन पोखरेल रहेको उनले जानकारी दिए ।
अन्यको विर्तामोडमा उपचार भइरहेको छ भने चालकलाइ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ बृस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।