Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • पौने दुई लाख केजी रक्तचन्दन भारत लगिदै‌

पौने दुई लाख केजी रक्तचन्दन भारत लगिदै‌

alt
  • माघ २, २०७६
  • रासस
 
काठमाडाै‌ / सरकारले लामो समयदेखि सड्ने अवस्थामा पुगेको करिब पौने दुई लाख किलोग्राम रक्तचन्दन काठ उत्पत्ति मुलुक भारत फिर्ता लैजान स्वीकृति दिएको छ । सरकारले परराष्ट्र मन्त्रालयमार्फत भारतको सम्बन्धित अधिकारीलाई ‘दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तरराष्ट्रिय व्यापार महासन्धि’ (साइटिस) र सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तरराष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ बमोजिम सो स्वीकृति दिएको हो ।
सो निर्णय गत पुस २८ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज सार्वजनिक गरेको निर्णयअनुसार जम्मा एक लाख ७३ हजार ७१ केजी रक्तचन्दन काठ जेजस्तो अवस्था र स्थानमा छ, सोही अवस्था र स्थानबाट आफ्नै खर्चमा ९० दिनभित्र उत्पत्ति मुलुक भारत फिर्ता लैजान स्वीकृति दिइएको हो । सो रक्तचन्दन विभिन्न समयमा अवैधरुपमा चीन लैजान खोज्दा बरामद भएको हो ।
बरामद रक्तचन्दन १२ वर्षदेखि बबरमहलस्थित वन विभाग, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, सप्तरी, सर्लाही, झापा, नवलपरासी, कपिलवस्तु, रुपन्देहीलगायत २० जिल्लामा कडा सुरक्षाका साथ राखिएको छ । सबैभन्दा बढी परिमाण वन विभाग परिसरमा रहेको छ । वन तथा भू–संरक्षण विभागका अनुसार उक्त काठ भारतका आन्ध्र प्रदेश, कर्नाटक र तामिलनाडु राज्यबाट नेपालका विभिन्न सीमा नाका हुँदै चीनतर्फ तस्करी हुने क्रममा बरामद गरिएको हो ।
नेपाल सन् १९७५ जुन १८ मा साइटिसको पक्ष राष्ट्र बनेको हो । महासन्धिको व्यवस्थाविपरीत नेपाल प्रवेश गरेका रक्तचन्दन बरामद गरिएको थियो । ‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तरराष्ट्रिय व्यापारलाई नियमन तथा नियन्त्रण गर्न बनेको ऐन, २०७३’ ले बरामद रक्तचन्दनको सहज व्यवस्थापन गर्ने कानूनी बाटो खोलेको हो । ऐनबमोजिमको कार्यविधि पूरा नभई पैठारी भएको कारणले जफत भएको सङ्कटापन्न वनस्पति जुन मुलुकबाट पैठारी भएको हो सोही मुलुकमा फिर्ता पठाउन सकिने व्यवस्था छ । फिर्ता गर्दा लाग्ने खर्च त्यसरी फिर्ता लैजाने मुलुकले व्यहोर्नुपर्छ ।
नेपालबाट निर्णय भएको मितिले ९० दिनभित्र सम्बन्धित मुलुकले त्यस्तो वनस्पति वा सोको नमूना फिर्ता लैजानुपर्ने कानूनी व्यवस्था छ । कुनैबेला चीनतिर अवैधरुपमा लैजाँदै गरेको अवस्थामा दिनहुँ जस्तै रक्तचन्दन बरामद हुने गथ्र्यो । यसमा कडाइ गरिएपछि हाल भने रक्तचन्दनको तस्करी बन्द भएको छ । विसं २०६२ देखि २०७१ को अवधिमा मुलुकका विभिन्न स्थानबाट दुई लाख केजीभन्दा बढी रक्तचन्दन काठ बरामद गरिएको थियो । विभागका अनुसार नेपालमा पहिलोपटक २०६२ फागुन २ गते सिन्धुपाल्चोकमा रक्तचन्दन काठ बरामद गरिएको थियो । यसैगरी पछिल्लोपटक २०७१ साल भदौ २१ गते रसुवामा ६४ किलोग्राम रक्तचन्दन बरामद भएको विभागको अभिलेखमा उल्लेख छ ।
सम्बन्धित समाचार
झापामा महिलाको जलेर मृत्यु

झापा । झापाको दमक नगरपालिका–१ भानुचोककी ३० वर्षीया शोभा साहको पेट्रोल छर्की ...

एक वर्षमा २४ हजार फरार अभियुक्त पक्राउ

काठमाडौँ । आर्थिक वर्ष २०८१?०८२ मा नेपाल प्रहरीले फरार अभियुक्त पक्राउमा उल ...

आयुर्वेद प्रवद्र्धनमा कोशी प्रदेशको अग्रसरता

विराटनगर । प्रदेशको स्वास्थ्य सेवा प्रणालीमा आयुर्वेदलाई बलियो बनाउने उद्दे ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
झापामा महिलाको जलेर मृत्यु
एक वर्षमा २४ हजार फरार अभियुक्त पक्राउ
आयुर्वेद प्रवद्र्धनमा कोशी प्रदेशको अग्रसरता
सर्वोेच्च अदालतको कडा आदेशः सामाजिक सञ्जाल दर्ता अनिवार्य
आज कोशी र बागमती प्रदेशका पहाडी भूभागमा भारी वर्षा हुने पूर्वानुमान
जलप्रकोपमा रोकथाम र व्यवस्थापनको खाँचो
आजको राशिफलः २०८२ साल भदौ ३ गते मङ्गलबार
पब्लिक हाईस्कुलको सुधार यात्राः सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारको अभ्यास
कांग्रेस नेता मीन विश्वकर्माले बीपी प्रतिष्ठानको उपकुलपतिमा १५ जनाले आवेदन दिएको दाबी भ्रामक
कमेन्टमा मार्ने धम्की दिने विरुद्ध साइबर अपराधमा मुद्दा
रथ तान्न भारतदेखि बङ्गालसम्मका श्रद्धालु
श्याम चोक महिला समूहद्वारा तीज कार्यक्रम
नेपाल अन्तर्राष्ट्रिय ग्रेलिष्टमा किन सधैंभरि
आजको राशिफलः २०८२ साल भदौ २ गते सोमबार
बेपत्ता अनिता राईको शव सप्तकोशी नदी किनारमा फेला
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
टिकटकको नयाँ फिचर्स सेवा सुरु
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved