ब्लाष्टखबर । लकडाउनका कारण काठमाडाैंमा अलपत्र परेका ५३ जनालाई धनकुटा स्थित चाैबिसे गाउँपालिकाले उद्दार गरेकाे छ ।

गाउँपालिकाकाे ८ वटै वडाबाट पढ्न, मजदुरी गर्न र उपचराकालागी काठमाडाैं पुगेका  ५३ जना महिला, पुरुष, बृद्धबृद्धाका  बालबालिकाहरुलाई गाउँपालिकाकाे सहयाेगमा गाउँपालिकाले व्यवस्था गरी ना. ५ ख ७४८ नम्बरकाे बसमा शुक्रबार गाउँपालिका ल्याइएकाे हाे ।

उनिहरूलाई गाउँपालिकाे वडा नं. ६ स्थित रानीतालमा उतारी खानाकाे व्यवस्था गर्नुका साथै स्वास्थ्य परिक्षण गरी काेराेना भाइरस राेकथाम तथा व्यवस्थापन सम्बन्धि परामर्श पनि दइएकाे छ ।

उनिहरूलाई वडाले व्यवस्था गरेकाे क्वारेन्टाइनमा अावश्क अवधी भरी बस्ने गरी सम्वन्धीत वडाका वडाध्यक्षहरूलाई जिम्मा लगाइएकाे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राई बताए  ।