धरान  /  धरान उपमहानगरपालिका वाड नं. २ देशिलाइनको मुख्या वजार खण्डको सडक ािनर्माण कार्य धमाधम भइरहेको छ ।

कोरोना संक्रमण र लकडाउनको कारण रोकिएको निर्माण कार्य उपमहानगरपालिकाका नगर प्रमूख तथा उप प्रमूखको पहलमा निर्माण सुचारु भएको हो । विकासको कामलाई नरोकौ भनेर सामाजिक दुरी कायम गरेर काम गरिरहेको धरान उपमहानगरपालिककी उपमेयर मञ्जु भण्डारीले जानकारी दिइन । वन्दको समयमा काम गर्न धेरै सहज भएको र गुणस्तरिय काम भैरहेको वाड नं २ का वडाध्यक्ष माधव गोविन्द श्रेष्ठले बताए ।

उक्त सडक ५० फिट मापदडअनुसार निर्माण भइरहेको हो । गत भदौंमा धरान उपमहानगरपालिकाकी तत्कालिन कार्यवाहक मेयर मञ्जु भण्डारीले सडकको शिलान्यास गरेकी थिइन । उपमहानगरले सडकलाई ५० फिटको बनाउन सूचना जारी गरे पछि स्थानीयले यस अघि नै सडकमा पर्ने संरचना भत्काएर उपमहानगरलाई सहयोग गरेका थिए ।

उपमहानगरले उक्त सडक निर्माण सम्पन्नसँगै देशी लाईन, पुरानो बजार, रेडक्रस लाईन, लक्ष्मी चोक, जिरोपोइन्ट हुदैं रंगशाला, कल्याणचोक हुदैं पुतली लाईनको बाटोलाई वन वे बनाउने तयारी गरेको छ ।
९ महिना भित्र सक्ने गरि ठेक्का लागेको थियो । १ करोड १९ लाख बजेटमा निर्माण भइरहेको सडकको दुवै किनारमा ७र७ फिटको पेटी निर्माण गरिएको छ ।