ब्लाष्टखबर । संखुवासभा सराेकार समाज, धरानले धरान उपमहानगरपालिकाले स्थापना गरेकाे फूड बैंकमा ३ सय केजी चामल राहत सहयाेग प्रदान गरेकाे छ । 

संखुवासभा घर भइ धरानमा बसाेवास गरेका मानिसहरूकाे उक्त समाजले  विश्वभरी फैलिएकाे काेराेना महामारीबाट सरकारले गरेकाे देश व्यापी लकडानका कारण समस्यामा परेका  विपन्न तथा दैनिक ज्यालादरीमा गरिखाने मजदुरहरूलाई राहत प्रदान गनर्कालागी साे सहयाेग गरेकाे हाे । 

राहत शनिबार उपमहानगरले राहत वितरणका लागी स्थापना गरेकाे धरान ८ स्थित सभाहलमा रहेकाे फूड बैंकमा समाजका संरक्षित सदस्य शिला बज्रचार्य ताथा अध्यक्ष मिङ्मा भाेटेले उपमाहानगरकी उप प्रमुख मञ्जु भण्डारी (सुबेदी)लाइ प्रदान गरेका छन् ।

शनिबार नै समाजले वीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचाररत संखुवासभाकाे चैनपुर निवासी ५५ वर्षीय छत्रबहादुर रम्तेललाई उपचार खर्च स्वरूप १० हजार रूपैयाँ नगद सहयाेग गरेकाे समाजका अध्यक्ष भेटेले बताएका छन् ।

98186431_380300652890269_8112923158895394816_n