• सन्तोष गुप्ता

वराहक्षेत्र / भ्रष्ट कर्मचारी लाई मेयर दुर्गाकुमार थापले संरक्षण गरेको भन्दै बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीले समाजिक सञ्जालमा लेखेको स्टाटसलाई आधार बनाएर प्रतिपक्षीले दुष्प्रचार फैलाएको बेलका नगरपालिकाले बताएको छ ।

आइतवार मेयर थापाले सम्मेलन गरेर मिथ्या आरोप लगाउने प्रतिपक्ष दललाई अख्तियारमा उजुरी गरेर कारवाही गर्न चेतावनी दिएका छन् । आफु विरुद्ध उपप्रमुखले चौधरीले साउन ७ गते सामाजिक सञ्जाल फेसबुकमा भ्रष्टचारी बचाउन खोजेको भन्ने आसयको स्टाटस सच्चाइसकेको बताउदैं भ्रष्टचार भएको भए कारवाही भोग्न तयार रहेको बताएका छन् । उपमेयर रामकुमारी चौधरीले श्रावण ११ गते विज्ञप्ती मार्फत भनाई भुलवस पोष्ट भएको भन्दैं फिर्ता लिएकी थिइन ।

नगरपालिकाको पूर्ण वैठकले नगर प्रवक्ता मोहन घिमिरेको संयोजकत्वमा दिनेश्वरप्रसाद चौधरी र जयकुमार राई सदस्य रहेको छानविन समिति बनिसकेकोले नगरपालिकामा कुनै अनियमितता भ्रष्टाचार भएको भए, विपक्षीलाई उजागार गर्न तथा भ्रष्टाचार नियमनका लागि गठित अख्तियारलगायतको निकायमा गई कारवाही गराउन विज्ञप्तिमा चेतावनी दिइएकाे छ ।

यस विषयमा उपमेयर चौधरीलाई सोध्दा आफुले पार्टीको दवावमा फिर्ता दिएको बताएकी छिन् । उनी पत्रकार सम्मेलन स्थलमा पनि थिइन तर मञ्चमा बसिनन् । मञ्चमा बोलाउदा पनि उनी गइनन् ।
कम्युटर अपरेटरको रुपमा करार नियुक्ति पाएका सन्तोष पौडेलले सेटिङ गरेर भ्रष्टचार हुने गरेको प्रतिपक्ष दलहरुको आरोप छ । त्यही आषयको उपमेयरले पनि सामाजिक सञ्जालमा लेखेकी थिइन । पौडेलले पद कम्प्युटर अपरेटरको भए पनि सूचना शाखामा रहेर अन्य कर्मचारीहरुसँग सेटिङ मिलाएर घोटला गर्ने गरेको आरोप छ । उनको कार्यशैलीमा विवाद आए पछि उनको करार थप गरिएको छैन् ।

बेलाका नगर भ्रष्टचारमा डुवेको छ –प्रतिपक्ष दल
यता बेलका नगरपालिकाको स्काभेटर, जेसिवीलगायत ठूला मेशीन उपकरणलगायत अन्य योजनामा घोटाला भएको नेपाली कांग्रेस महाअधिवेशन प्रतिनिधि तथा मेयरका प्रत्यासी अशोक कार्कीले बताए ।

‘नगरपालिका भ्रष्टचारले चुर्लुम्म डुवेको छ । यसले नगरपालिकाको इज्जत गएको र उपप्रमुख कानुनको लागि रुनु पर्ने भए पछि आम जनताले कसरी न्याय पाउछन् त ?’– कार्कीलेभने । डरधम्की देखाएर अनियमितता लुकाउने काम आफुहरुलाई सहयनहुने उनका ेभनाई छ । आज पत्रकार सम्मेलन भइरहदा उता नगरपालिकामा नेपाली कांग्रेस, संघीय समाजवादी, राप्रपा नेपाल र किरात खम्बुवानले भर्ना दिइरहेका थिए ।

मेयर थापाले पहिलो बर्ष नै नगरपालिकाको भवन बनाउन विना टेण्टर नगरपालिकाकोमापदण्ड विना नै सरकारीभवन बनाएका थिए । आफ्ने भाईलाईमौखकि ठेक्का दिएर ब्लक निर्माण गरिएको उनलाई आरोप छ ।