धरान । नेपालमा विक्रीका लागि अनुमती नभएको औषधी सहित सुनसरीको हरिनगर गाँउपालिका–२ भुटाहा सिसुवा धरमपुर सडक खण्डबाट ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हरिनगर–१ का ३७ बर्षीय अख्तर मिया, २२ बर्षीय एहरमान अंसारी र ३२ बर्षीय मुख्तर आलम रहेका छन । विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाई बुधबार विहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेकाहरुको साथबाट बिना इजाजतका विभिन्न औषधिहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तिनै जना र बरामद गरिएको बिना इजाजतको औषधि आवश्यक कारवाहिको लागी औषधी बिभागको कार्यालय बिराटनगर पठाईएको प्रहरीले जनाएको छ ।