• उद्धव पुरी/झापा

झापाको अर्जुनधारा नगरपालिका भएर बग्ने बिरिङ र टाङ्टिङ खोलामा आएको बाढीले नगरका विभिन्न स्थानमा क्षति पु¥याएको छ ।

मङ्गलबार राति परेको हावाहुरीसहितको पानीका कारण आएको बाढीले नगरका विभिन्न स्थानमा क्षति पु¥याएको नगर प्रमुख हरिकुमार रानाले जानकारी दिए ।

बाढीले नगरका बाटा, पुल, बिजुलीका पोल, नहर, स्थानीयको घर समेतमा क्षति पु¥याएको उनले बताए । बुधबार नगर प्रमुख राना, उपप्रमुख कमला आचार्य खतिवडा, विपत् समितिकी संयोजक लक्ष्मी तामाङसहितको टोली क्षति पु¥याएको क्षेत्रको निरीक्षण गरेका थिए ।

वडा २ स्थित गाँजाबारीमा ७ वटा बिजुलीका पोल ढलेका छन् भने रुख ढल्दा स्थानीय देवेन्द्र रोक्काको घर किचेको छ ।

त्यस्तै १ नम्बर वडामा रहेको नहर भत्काएको र वडा नं. १ र २ का बाटोमा क्षति पु¥याएको निरीक्षण टोलीले जनाएको छ । बिरिङ तथा टाङ्टिङ खोलामा आउने बाढीको त्रासले जाग्राम बस्दै आएको स्थानीय मदन बरालले बताए ।