ब्लाष्टखबर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य मनोनीत भएका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई आज बिहीबार राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी हुन्।

भदौ २९ गतेकाे मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। त्यसैआधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बुधबार गौतमको नाम राष्ट्रपति कार्यालय शीतलनिवास पठाएको थियो।  तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रिय सभामा रिक्त पदमा गौतमलाई लगिएको हो।