ब्लाष्टखबर। प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिने बताएका छन् । उनले राजीनामा दिए देश बर्बादीतिर जाने भएको राजीनामा नदिने जिकिर गरेका छन् ।
नेकपा भित्रै चुलिदो विवादले अध्यक्ष ओली पार्टी भित्रै घेरा बन्दिमा परेपछि बुधबार त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।
उनले भने ‘मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो । त्यसकारण मैले राजीनामा दिनेवाला छैन,’ उनले पार्टीमा भइरहेको तैयारीले केही नहुने भन्दै ‘म यहाँ जालझेल गरेर वा मेरो रहरले आएको होइन । जनताको आवश्यता र व्यापक समर्थनले आएको हुँ,’ भनेका छन् ।
उनले सरकार ढल्ने, बदलिने लगायतका कुरा नसोच्न अग्रह गर्दै धेरैले धेरै प्रकारका कोशिश गरेको भए पनि सरकार बदलिने सम्भावना नरहेको बताउँदै सरकार परिवर्तन नहुने कुरामा ढुक्क हुन बताएका छन् ।