भोजपुर । विप्लव नेतृत्वको नेकपाका सगरमाथा ब्युरो इन्चार्ज राजन अधिकारी सहित १३ जना कार्यकर्ताले पार्टी परित्याग गरेका छन ।

ओखलढुंगा इन्चार्ज समेत रहेका अधिकारी सहित १३ जना कार्यकर्ता बुधवार पार्टी परित्याग गरेका हुन । पार्टी परित्याग गरेका उनिहरु सत्तारुढ नेकपामा प्रवेश गरेका छन् । भोजपुर जिल्लाको षडानन्द नगरपालिका–२ कुदाकाउलेमा आयोजित कार्यक्रममा उनिहरु सत्तारुढ नेकपामा प्रवेश गरेका हुन ।

पार्टी परित्याग गरि नेकपा प्रवेश गर्नेमा भोजपुर जन सरकार प्रमुख सुन्दर राई, भोजपुर सचिवालय सदस्य दिनेश खत्री, प्रतीक्षा कार्की गुरुङ, महेन्द्र तामाङ , प्रकाश गुरुङ, बिक्रम तामाङ, शोभित बिक, नबिन नेपाल, बिक्रम राई, गणेश देबकोटा र कृष्ण कला सुनुवार रहेका छन ।

यस्तै सोही कार्यक्रममा नेपाली काँग्रेस परित्याग गरि राजेन्द्र तामाङ, बिमल तामाङ, श्याम कुमार राई, डिल्ली बस्नेत, सुजल थापा, आयुश थापा र हर्क बिक नेकपामा प्रबेश गरेका छन् । पार्टी परित्याग गर्नेहरुले अबको विकल्प नेकपा वाहेक अरु पार्टी नहुने दावी गरेका छन । नव प्रबेशिहरुलाई नेकपा केन्द्रिय सदस्य तथा भोजपुर जिल्ला इन्चार्ज संघिय सांसद सुदन किराती र नेकपा केन्द्रिय सदस्य तथा पुर्व राज्यमन्त्री पदम राईले फुलमाला र अबिर लगाएर पार्टीमा स्वागत गरेको नेकपा भोजपुरले जनाएको छ ।