भोजपुर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई गृह जिल्ला आउने भएका छन् । मुख्यमन्त्री राई विभिन्न योजनाहरुको उदघाटन तथा शिलान्यास गर्न कार्तिक २३ गते गृह जिल्ला आउन लागेका हुन् ।
जिल्ला बसाईको क्रममा उनले विभिन्न कार्यालय , सडक र योजनाहरुको शिलान्यास तथा उदघाटन गर्ने कार्यक्रम तय भएको छ । मुख्यमन्त्री राईले कार्तिक २३ गते बिहान ७ बजे भोजपुर सदरमुकाम देखि टक्सार बिमानस्थल सम्मको सडक उदघाटन गर्ने पुर्वाधार विकाश कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले बताए ।
राईले साेहि दिन बिहान ८ बजे खानेपानी तथा सरसफाई डिभिजन भोजपुरको कार्यालय समेत उदघाटन गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै, जिल्ला समन्वय समिती भोजपुरको कार्यालय परिसरमा बिहान ११ बजे भोजपुर सभाहल र भोजपुर नगरपालिका ६ देउरालीमा दिउसो १ बजे यलम्बर सभाहलको शिलान्यास गर्ने कार्यक्रम रहेको मुख्यमन्त्री राईका प्रेस संयोजक धुव्र सुबेदीले बताए ।
यस्तै, कार्तिक २४ गते टेम्के मैयुङ गाउपालिका १ अन्नपुर्णलाई उज्यालो वडा घोषणा गर्नुका साथै टयाम्के डाडामा टयाम्के भ्यु टावरको पनि मुख्यमन्त्री राईले शिलान्यास गर्ने कार्यक्रम रहेको टेम्के मैयुङ गाउँपालिका अध्यक्ष धुव्रराज राईले जानकारी दिए ।