ताप्लेजुङ/ प्रधानमन्त्री केपी शर्मा ओली सोमबार (आज) ताप्लेजुङको घुन्सा आउँदै छन् ।

घुन्सा फाउण्डेशनले निमार्ण गरेको सामुदायिक स्वास्थ्य ईकाइको उद्घाटन, सिमावर्ती क्षेत्रका गाउँका स्थानियसँगको भेटघाट र ओलाङ्चुङगोला नाकाको निरिक्षणका लागि प्रधानमन्त्री ओली ताप्लेजुङ आउन लागेका हुन् ।

प्रधानमन्त्री ओली विहान ९ बजे काठमाण्डौबाट घुन्सा प्रस्थान गर्ने कार्यक्रम तालिका छ । प्रधानमन्त्री ओली सहित संविधानसभा अध्यक्ष सुवाशचन्द्र नेम्बाङ, पर्यटनमन्त्री योगेश भट्टराई, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई आउने नेपाल ट्रष्टका बोर्ड सदस्य तथा घुन्सा फाण्डेशनका अध्यक्ष योङ्जोम शेर्पाले बताईन् ।

प्रधानमन्त्री आउने कार्यक्रमका लागि घुन्सामा सम्पूर्ण तयारी पुरा गरिएको घुन्साका तेन्जिङ नुपु शेर्पाले जानकारी दिए । यसैविच प्रधानमन्त्री पत्नी राधिका शाक्यले घुन्साका वृद्धबृद्धालाई न्यानो कपडा वितरणको कार्यक्रम पनि रहेको बताईएको छ । करिब २ घण्टाको कार्यक्रममा सहभागी भएर विहानको खाना पछि प्रधानमन्त्री ओली ईलामको सन्दकपुर जाने कार्यक्रम रहेको बताईएको छ ।