प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुसँग सोमबार दुई घण्टा भन्दा बढी माधव नेपाल  समूहको छलफल भयो । 

छलफलमा ओली समूहसँगको सम्वाद सकारात्मक हुन नसकेको नेपाल पक्षले स्पष्ट पारेको छ । २ घण्टा १० मिटेको छलफलमा ओली र नेपालबीच पटक–पटक सवाल–जवाफ र घोचपेच चल्यो । वार्तामा सहभागी एक नेताका अनुसार ओली मार्मिकरूपमा छलफलमा प्रस्तुत भएका थिए । 

छलफलमा ओलीको आरोप 

१. प्रचण्डसँग मिलेर सकेजति सबै ज्यादती गर्नुभयो । 

२. तपाईंहरूले त सक्ने भए मलाई के बाँकी राख्नुहुन्थ्यो । एउटा बच्चालाई लगेर ढुंगामा बजारेको जसरी तपाईंहरूले केही बाँकी राख्नुभएन । अदालतको फैसलापछि एउटा स्थितिले मेरो राजनीतिक जीवन जोगिएको हो नत्र सिध्याउनै लाग्नुभएको थियो । 

३. अदालतको फैसलाबाट एमाले पुनःस्थापित नभएको भए तपाईंहरुले मेरो राजनीतिक जीवन नै धरापमा पारिसक्नु भएको थियो ।   

४. आफ्नै अध्यक्षलाई चार–चारपटक निष्कासनको घोषणा गर्नुभयो । फौजदारी अभियोग लगाउनु भयो । 

ओलीको सहमति खोज्ने प्रयास 

१. विगत सम्झेर बदला लिने सोच ममा छैन ।

२. मैले तपाईंहरूबाट अपेक्षा गर्ने भनेको त्यो गल्तीको रियलाइजेशन हो । सबै कुरा कोट्याएर जान चाहान्न ।

UML_photo

पार्टी फुटको संकेत

१. हामी भौतिक रूपमा पुस ७ गते केपी ओलीलाई नेकपाका अध्यक्षबाट हटाएको घोषणा गरेकै दिनदेखि फुटिसकेका हौं । 

– उपस्थित नेताको अनौपचारिक कुराकानी

२. अदालतको फैसलाले कानुनी रुपमा एमाले बनाए पनि राजनीतिकरूपमा अहिले पनि फुटकै अवस्थामा छौं भन्ने आजको वार्तामा पनि प्रकट भयो ।

– उपस्थित नेताको अनौपचारिक कुराकानी

३. माधव नेपाल धुम्बाराहीको वार्तामा आक्रामक रूपमै प्रस्तुत हुनु रियलाइजेशन नदेखिनु, बैठकमा चिढिनु 

४. वार्तामा महासचिव ईश्वर पोखरेलले माधव नेपाल पक्षलाई गिराउने मनसायले कुरा राख्नु 

५. महासचिव पोखरेलले आफ्नो अध्यक्ष र प्रधानमन्त्रीविरुद्ध फौजदारी अभियोग लगाइएकोमा माफी माग्नुपर्ने कुरा राख्नु । 

६. अब एमालेमा बहुकेन्द्र बनाउने र फेरि नेकपाकै बेलाको ‘ल्याङल्याङ’ स्वीकार्य नहुने विचार राख्नु ।

७. अध्यक्ष ओली फागुन २८ को निर्णयबाट पछि नहट्ने देखिनु । 

८. माधव नेपाल पक्ष राष्ट्रिय भेलासहितका गतिविधिमै रहने बताउनु ।

९. फागुन २८ गतेको विशेष केन्द्रीय कमिटीको निर्णय कार्यान्वयनमा गइसकेको बताउनु

१०. नेपाल पक्ष एकताको सम्भावना नरहेको निष्कर्षमा पुग्नु । 

सकारात्मक संकेत 

१. हार्डलाइनरहरु विभाजनको बाटोमा जानु हुँदैन, केही न केही उपाय निकालेर एमाले एकढीक्का राख्नुपर्छ भन्नेमा चिन्तित र सकारात्मक हुनु ।

२. वार्ताको गुन्जायस बाँकी नै रहनु । 


छलफलपछि  नेकपा एमालेका खनाल–नेपाल समूहले ओली समूहसँगको सम्वाद सकारात्मक हुन नसकेको सञ्चार माध्यमहरुलाई बताएका छन् । 

आगामी चैत ४ र ५ गते आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निष्कर्षमा पुगेका छन् । 

अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुसँग सोमबार दुई घण्टा भन्दा बढी छलफल गरेर फर्किएका एक नेताले प्रतिक्रिया दिंदै ओलीसँगको छलफल निष्कर्षमा नपुगेकाले कार्यकर्ता भेला नरोकिने र ओलीले मंगलबार आयोजना गरेको चियापान कार्यक्रमसमेत नजाने बताएका छन् ।