पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाका अग्नी पीडितलाई आर्थिक सहयोग गरिएको छ । समाजसेवी कुबेर लाओतीको संयोजनमा प्रबासी नेपालीहरुले मलेसियाबाट संङ्कलन गरी पठाएको ४० हजार ७ सय रुपैयाँ पीडित परिवारलाई सहयोग गरिएको हो । कुम्मायक गाउँपालिका—१ नं. वडा कार्यालयमा आयोजित एक कार्यक्रमका बीच पीडित परिवारलाई वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले सहयोग रकम हस्तान्त्रण गरेका थिए 

आगलागीबाट सबै भन्दा क्षति भोगेका यासोक बजारका व्यवसायी झरेन्द्र खतिवडालाई २५ हजार ७ सय रुपैयाँ हस्तान्त्रण गरिएको थियो । त्यस्तै उनको घरमा व्यावसाय संचालन गर्दै आएका बिचारी नेपाली, याम रम्तेल र सर्मिला लाओतीलाइ जनही ५ हजारको दरले १५ हजार गरी कुल जम्मा ४० हजार ७ सय रकम हस्तातन्त्रण गरिएको वडाअध्यक्ष लावतीले जानकारी दिए ।