पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाबासीले फोहोर व्यवस्थापन गर्न ध्यानाकर्षण पत्र बुझाएका छन । बिहिबार यासोक बजारका व्यवसायीहरुको टोलीले गाउँपालिका अध्यक्ष वंम प्रसाद लावतीलाई ध्यानाकष्र्ण पत्र बुझाएका हुन । बजारको नालीमा ढुंगा, गिट्टी, बालुवा जस्ता फोहोर जम्मा भई बजार नै प्रदुषित भएको भन्दै तत्काल फोहोर व्यवस्थापन गर्न माग गरेका छन । 

पटक—पटक गाउँपालिकालार्ई जानकारी गराउँदा समेत बेवास्ता गरिएको भन्दै लिखित रुपमै पत्र बुझाएको स्थानीय व्यवसायी झरेन्द्र खड्काले बताए । पछिल्लो समयमा फोहोर मौलाकै कारण डेंगु मलेरिया जस्ता रोगको संक्रमण बढ्न सक्ने भन्दै गाउँपालिकालाई सजग गराएको अर्का व्यवसायी हिमाल निरौलाले बताए । त्यस्तै उनिहरुले बजारमा जडान गरिएका सौर्य बक्ति बिग्रिन थालेको भन्दै त्यसलाई पनि मर्मत सम्हार गर्न सुझाव दिएका थिए ।

जवाफमा गाउँपालिका अध्यक्ष वंम प्रसाद लावतीले यस अघि पनि मौखिक रुपमा जानकारी आएको स्मरण गर्दै तत्कालै फोहोर व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले बिहिबार बसेको कार्यापालिका बैठकबाटै निर्णय गरी कार्यान्वयमा लाने समेत बताएका थिए । स्थानीयले उद्योग बाणिज्य संघ शाखा यासोक र वडा कार्यालयलाई पनि सोही पत्रको बोधार्थ बुझाएका छन ।