धरान । धरानको उद्यमशील बचत तथा ऋण सहकारी संस्थाले स्थापना दिवसको अवसरमा एकजना पत्रकारसहित कर्मचारीलाई सम्मानित गरिएको छ ।

धरानबाट नागरिक दैनिकका लागि कार्यरत पत्रकार रोहित राईलाई नगद १० हजार रुपैयाँ राशिसहित सम्मान–पत्रले सम्मानित गरिएको हो । त्यस्तै बचतकर्ता, कर्मचारी, असल ऋणीलगायतलाई पनि सम्मानित गरिएको कार्यक्रमका सभाध्यक्ष भूपाल घिमिरेले बताए ।

यस्तै कार्यक्रममा असहाय तथा अपाङ्ग शेयर सदस्य धरान–११ का टीकाराम तामाङलाई नगद ५ हजार रुपैयाँसहित सम्मान–पत्र प्रदान गरिएको छ । कार्यक्रममा धरान–११ की अनिता श्रेष्ठलाई विशेष सहयोग गरिएको छ । उत्कृष्ट कर्मचारीमा धरान–१९ की जुनु लिम्बू, उत्कृष्ट नियमित बजार कर्मचारी पुरस्कार धरान–१९ का बलबहादुर लिम्बू सम्मानित भएका छन् ।

कार्यक्रममा संस्थाले आर्थिक वर्ष २०७८/०७९ का असल तथा नियमित ८ जना बचतकर्ताहरूलाई पनि सम्मान गरेको प्रमुख कार्यकारी अधिकृत जितबहादुर राउतले बताए ।

U5

U4