धनकुटा । छथरजोरपाटी गाउँपालिका–६ स्थित सुलभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औं साधारणसभाबाट पुनः मेघेन्द्र गुरुङ अध्यक्षमा निर्वाचित भएका छन् ।
निर्वाचनबाट गुरुङले ४ सय ३० मत प्राप्त गर्दै पुनः सहकारीको अध्यक्ष पदमा विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्र्धी शिवकुमार श्रेष्ठले २ सय २७ मत र शेखर थापाले १२ मत पाएका थिए । त्यस्तै गरी सचिवमा डिकबहादुर खड्का ३ सय ७४ मत ल्याएर विजयी भए ।
सचिवका अन्य प्रत्यासी दिवेश खड्काले २ सय ७० मत प्राप्त गरेका थिए । त्यस्तै कोषाध्यक्षमा भीमशङ्कर अधिकारीले ४ सय ४२ मत ल्याउँदै विजयी भए भने उनका निकटतम् प्रतिद्वन्द्वी पदम भट्टराईले १ सय ९८ मत ल्याएका थिए । सहकारीको अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा निर्वाचन भएको थियो । सहकारीको कुल शेयर सदस्यमध्ये ६ सय ८७ जना शेयर सदस्यले मतदान गरेका थिए ।
शनिबार सम्पन्न सभामा अध्यक्ष गुरुङले आर्थिक वर्ष ०७८/७९ मा सहकारीले ४८ लाख ७७ हजार मुनाफा गरेको जनाए । सहकारीको वार्षिक प्रतिवेदन एवम् नीति तथा कार्यक्रम र आ.व.०७९/८० को प्रस्तावित कार्यक्रम तथा रणनीतिक योजना प्रस्तुत गरे ।
यस्तैगरी सहकारीका लेखा तथा सुपरीवेक्षण समितिका संयोजक पृथ पौडेलले आर्थिक वर्ष ०७८/७९ को जम्मा आमदानी १ करोड ६६ लाख ४१ हजार ६ सय ९२ रुपैयाँ ६५ पैसा र जम्मा खर्च ८२ करोड ९९ लाख ४ सय ७९ रुपैया ७१ पैसा भएको विवरण उल्लेख गरे । साथै आ.व.०७८/७९ खुद नाफा ४८ लाख ७७ हजार ५ सय ९१ भएको पौडेलले बताए ।
सहकारीले असल कारोबार गर्ने गायत्रीमाया सार्की, रुद्रबहादुर कटुवाल, उत्कृष्ट बचतकर्ता खगेन्द्र भट्टराई, खड्गमाया राई, अधिक शेयर धनीकुमार श्रेष्ठ, सिर्जना श्रेष्ठ, उत्कृष्ट दैनिक बचतकर्ता, तोजकुमार श्रेष्ठ र धनुष लिम्बू, उत्कृष्ट बाल बचतकर्ता, शिवानी अधिकारी, एलेक्स थापा मगरलाई करुवा प्रदान गरिएको छ ।
महालक्ष्मी न.पा.९ स्थित राम मावि गणेशटार, छथरजोरपाटी गा.पा. वडा नं.६ स्थित सरस्वती मावि, छथरजोरपाटी–५ को सिद्धदेवी प्राविका विद्यार्थीहरू दीपक मादेन, अकीसा घले मगर, शिव श्रेष्ठ, वर्षा राई, अमित भट्टराई र निर्जला घिमिरेलाई पोसाक तथा स्टेशनरीका सामान प्रदान गरिएको छ ।
त्यसै गरी आ.व.०७८/७९ को एसईईमा उत्कृष्ट जिपिए ल्याउने रक्षा अधिकारी, विधिसा भट्टराई र अनिष ढुङ्गानालाई सम्मान–पत्रले सम्मान गरिएको छ ।
साधारणसभाका प्रमुख अतिथि जिल्ला सहकारी सङ्घका अध्यक्ष खगेन्द्र सुवेदी, छथरजोरपाटी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष दीपक गुरुङ, छथरजोरपाटी गाउँपालिकाका निवर्तमान उपाध्यक्ष भीमकला श्रेष्ठ, सगरमाथा दुग्ध चिस्यान सहकारी संस्था लि.का अध्यक्ष प्रेमप्रसाद ढकाल, जिल्ला होटल तथा पर्यटन व्यवसायी सङ्घ सुनसरीका अध्यक्ष तेजबहादुर पुरीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।