Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • पर्यटन
  • साहसिक पर्यटनलाई लक्षित गर्दै चिनियाँ ब्राण्ड (होम्तो) नेपालमा

साहसिक पर्यटनलाई लक्षित गर्दै चिनियाँ ब्राण्ड (होम्तो) नेपालमा

alt
  • असोज ५, २०८०
  • ब्लाष्ट खबर

काठमाडौँ /नेपालमा यतिखेर मुख्य पर्यटकीय सिजन सुरु भएको छ। मनसुन सकिएर पर्यटकीय सिजन सुरु हुनै लाग्दा पर्यटन क्षेत्रमा चहलपहल बाक्लिएको छ । यस वर्ष गत जेठ ३१ गते प्रवेश गरेको मनसुन यही असोज १५ गते सकिँदैछ । मनसुनपछि पर्यटकीय गतिविधि बढ्नुका साथै दसैँ तिहार, छठलगायत महत्वपूर्ण पर्वले पर्यटन क्षेत्रमा बेग्लै रौनक ल्याउँने गर्दछ । अहिले पदयात्राका लागि उपयुक्त मौसम पनि हो । मनास्लुलगायत हिमाल तथा चुली आरोहणमा स्वदेशी तथा विदेशी आरोही गन्तव्यमा लम्किरहेका छन् । पदयात्राका लागि विभिन्न मुलुकबाट आउने विदेशी पर्यटकको सङ्ख्या विस्तारै बाक्लिदै छ । प्रमुख पर्यटकीय क्षेत्र काठमाडौँको ठमेल, पोखरा, चितवनलगायत गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटक गन्तव्यमा निस्किन चाँजोपाँजो मिलाइरहेका छन् यस सिजनमा मुख्यगरी पदयात्री पर्यटकका अत्यावश्यक सामग्रीको व्यापार बढी हुने व्यापारीहरु बताउँछन् । पदयात्रामा चाहिने सामग्री र उपकरण खरिद गरी आवश्यक बन्दोबस्ती गर्नेको भीड लाग्ने गर्दछ । साहसिक पर्यटनलाई लक्षित गर्दै आवश्यक पोसाक, उपकरणलगायत सामग्री एकै थलोबाट उपलब्ध गराउने उद्देश्यले नेपालमा चिनियाँ ब्राण्ड ‘होम्तो’ आउटडोर स्पोर्टस काठमाडौँमा सुरु भएको छ । नयाँसडकस्थित नेपा कम्प्लेक्समा आज शुभारम्भ गरिएको उक्त ब्राण्डको नेपाली अल्ट्रा धाविका मीरा राई, तेक्वान्दो खेलाडी आयशा शाक्य र राष्ट्रिय फुटबल टोलीका सदस्य बिकेस कुथुले उद्घाटन गरेका छन् । चर्चित ‘केलमी’ नेपालमा भित्र्याएको आधिकारिक विक्रेता ‘कुमारी इङ’ प्रालिले होम्तो ब्राण्ड भित्र्याएको हो । कुमारी इङमार्फत जाल्पा इन्टरनेसनल विजनेश ग्रुपले उक्त ब्राण्डको व्यवस्थापन गर्नेछ । विश्वका ४० भन्दा बढी मुलुकमा आफ्नो उपस्थिति जनाइसकेको होम्तोले नेपालमा पनि सेवा विस्तार गरेको हो । दरबारमार्ग ठमेल, पोखरालगायत स्थानमा ब्राण्डको शाखा विस्तार गरिने योजना रहेको होम्तो नेपालका अध्यक्ष सुदर्शन न्यौपानेले बताए । उचित मूल्यमा गुणस्तरीय अन्तर्राष्ट्रिय ब्राण्ड नेपाली उपभोक्तालाई पुर्‍याउने उद्देश्यले नेपालमा होम्तो भित्र्याइएको उनका अनुसार कम्पनीले विशेष गरेर पदयात्राका लागि आवश्यक जुत्ता, कपडा, बोतल, पाललगायत सामग्री उत्पादन गर्ने गरेको छ ।

यो पनि - भारतमा थप आठ सय मेगावाट बिजुली निर्यात गर्न सकिने यो पनि - विपन्न नागरिकलाई हल्दिबारीको निःशुल्क एम्बुलेन्स सेवा यो पनि - फिफिया एपमार्फत अनलाइन ठगी गर्ने महिला पक्राउ यो पनि - अमेरिकी राष्ट्रपति वाइडेन र प्रधानमन्त्री दाहालबीच भेटवार्ता यो पनि - युक्रेन र पोल्याण्डका कृषि मन्त्रीबीच खाद्यान्न निर्यातबारे छलफल यो पनि - शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनु नेपालको प्रमुख एजेण्डा : प्रधानमन्त्री दाहाल यो पनि - आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने सरकारको महत्वाकाङ्क्षी योजना यो पनि - शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन यो पनि - एशियाली खेलकुद महाकुम्भ चीनको हाङ्चाओमा शनिबारदेखि यो पनि - ‘जासुसमाथि नै प्रतिजासुसी गरेपछि भारतको संलग्नता खुल्यो’
सम्बन्धित समाचार
जडेज मा.वि.को निर्णय च्यातेको विषयको विवाद चुलिँदै

वराहक्षेत्र । वराहक्षेत्र नगरपालिका–५ स्थित जगन्नाथ डेडराज जनता (जडेज) माध् ...

भारतीय अपराधी संलग्न हत्यामा सुपुर्दगी सन्धि बाधक

इटहरी । गत असार ३० गते सुनसरीको घुस्कीमा गोली हानी १८ वर्षीया अरसी खातुनको ...

२२ वटा ट्रान्सफर्मर चोरी

विराटनगर । कोशी प्रदेशका तीन जिल्लामा विद्युत् ट्रान्सफर्मर चोरीको घटना बढे ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
जडेज मा.वि.को निर्णय च्यातेको विषयको विवाद चुलिँदै
भारतीय अपराधी संलग्न हत्यामा सुपुर्दगी सन्धि बाधक
२२ वटा ट्रान्सफर्मर चोरी
जग्गाको विषयमा वृद्धमाथि हातपात
धराने जनताको सन्देश र धरानका राजनीतिक दल
आजको राशिफलः २०८२ साल साउन १२ गते साेमबार
सुनसरीका पशुमा पनि लम्पी स्किनको प्रकोप
सिटी रिक्सा चार्ज गर्दा दम्पतीको मृत्यु
स्रोत नखुलेको १० लाख नगदसहित भारतीय नागरिक पक्राउ
आजको राशिफलः २०८२ साल साउन ११ गते आइतबार
सुँगुर फार्ममा भारतीय नागरिक मृत भेटिए
औपचारिक पत्रमा अशिष्ट भाषाः धरानका नगर प्रमुख साम्पाङको शैलीमाथि प्रश्नै प्रश्न
कोशीमा बढ्दो पारिवारिक हत्या
पूर्व राष्ट्रपतिको सक्रियहताले ओेलीलाई त्रास
सहकालको स्वागतमा राँकेभूत जलाउने सिक्किमेलीहरू
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved