श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल असार ३१ गते मङ्गलबार, १५ जुलाई २०२५, सिद्धार्थीनाम संवत्सर। श्रावण कृष्णपक्षको पञ्चमी तिथि २२ः११ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र शतभिषा ०७ः०१ बजेसम्म, उप्रान्त पूर्वभाद्र, चन्द्रमा राशि कुम्भ, सूर्याेदय ०५ः१९ बजे र सूर्यास्त ०७ः०० बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। रोकिएको काम बन्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दिगो फाइदा हुने काम गर्न सकिनेछ। मिहिनेत गर्दा लक्ष्यअनुसार काम सम्पादन हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अवसर प्राप्त भए पनि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। पुरानो हिसाबकिताब सुल्झाउन समय लाग्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मिहिनेतले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ। व्यवसायमा धेरै फाइदा नभए पनि नियमित काम सम्पादन हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ काम थाल्न केही समय पर्खनुपरे पनि पूर्वाधार तयार गर्न सकिनेछ । व्यवसायमा विशेष फाइदा हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। उपलब्धिको स्रोत प्राप्त हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
भाग्यले विभिन्न अवसर जुराउनेछ र मिहिनेतले सफलताको उचाइमा पु¥याउनेछ। सजिलै लक्ष्यमा पुग्न सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
गोपनीयता भङ्ग हुनुका साथै धन बाहिरिन सक्छ। बाध्यात्मक परिस्थितिले इच्छाशक्ति कुण्ठित हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पु¥याउनु होला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ।