उदयपुर । उदयपुरको बेलका नगरपालिका ७ मा नवनिर्मित अस्थायी प्रहरी चौकीको भवन शनिबार उद्घाटन गरिएको छ । 

स्थानीयको मागलाई मध्यनजर गर्दै प्रहरी चौकी निर्माण गरिएको जनाइएको छ । भवनको उद्घाटन बेलकाका नगर प्रमुख अशोक कार्की, उपप्रमुख जिरा राइ तथा जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी केदारमान दोङले गरे । 

शान्तिसुरक्षा सुदृढीकरणसँगै प्रहरी सेवालाई विस्तार गर्ने र समुदाय–प्रहरी साझेदारीअन्तर्गत प्रहरी भवन निर्माण गरिएको हो । कार्यक्रमका अध्यक्षता गरको ७ नम्बर वडाध्यक्ष निकेश राईले भवनको निर्माणले स्थानीय क्षेत्रका जनताले सहज, छिटो र प्रभावकारी सेवा पाउने विश्वास व्यक्त गरे । कार्यक्रमका पूर्व वडाध्यक्ष सुरेन्द्र राई, पूर्व गाविस अध्यक्ष दुर्गाकुमार राईलगायत सहभागी थिए ।