श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल साउन १ गते बिहीबार, १७ जुलाई २०२५, सिद्धार्थीनाम संवत्सर। श्रावण कृष्णपक्षको सप्तमी तिथि १८ः०३ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र रेवती ०३ः२२ बजेसम्म, उप्रान्त अश्विनी, चन्द्रमा राशि मीन, सूर्याेदय ०५ः२० बजे र सूर्यास्त ०६ः५९ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
परिस्थितिले खर्च बढाउनेछ। आशा देखाउनेहरूको भर पर्दा धोका पाइएला। कर्मको प्रतिफल कम पाइनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ।लगानी बढाउनुपरे पनि उधारोमा व्यापार हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
फाइदाका लागि केही त्याग्नुपर्ने हुन सक्छ। खर्च लागे पनि यात्रा गर्ने अवसर जुट्न सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्याङ्कन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तारिफयोग्य कामले चर्चामा ल्याउन सक्छ। मित्रजनहरूको सहयोग जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पुरानो मित्रताले प्रेमको मार्ग अवलम्बन गर्न सक्छ । दिगो काममा जग बसाउने मौका छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सोखले थालिएको काम व्यवसायमा रूपान्तरित हुनेछ। मिहिनेतीहरूलाई कार्यसिद्धिको समय छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ । अरूका लागि समय, धन र बुद्धि खर्चनु पर्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बाध्यताले अलमल्याउन सक्छ । तापनि लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ। पछिलाई फाइदा हुने काम हातलागी हुन सक्छ।