श्री शालवाहनीय शाके १९४६ ने.सं.११४५ वि.सं. २०८२ साल असार ३२ गते बुधबार, १६ जुलाई २०२५, सिद्धार्थीनाम संवत्सर। श्रावण कृष्णपक्षको षष्ठी तिथि २०ः१५ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र पूर्वभाद्र ०६ः०४ बजेसम्म, उत्तरभाद्र, चन्द्रमा राशि मीन, सूर्याेदय ०५ः१९ बजे र सूर्यास्त ०६ः५९ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। दैनिक आवश्यकता पूरा हुनेछन् र मिहिनेतको फल प्राप्त हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय लागे पनि मिहिनेतले काम बनाउन सकिनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोग हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रतीक्षा गरिएको काम पनि बन्नेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समयमा लगनशील बन्न नसक्दा पछि परिनेछ। पुरानो हिसाबकिताबले विवाद निम्त्याउन सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। जीवनशैलीमा सुधार ल्याउनुका साथै फाइदा पनि हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् । सफलताले पछ्याउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ। धार्मिक अनुष्ठान र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्नुपर्ला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय रहेकाले गोपनीयतामा ध्यान पु¥याउनुहोला। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समस्या दर्शाउँदा सहयोगीहरूको साथ पाइनेछ। प्रयत्न गर्दा गुम्न लागेको रकम जोगाउन सकिनेछ।