श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल साउन २ गते शुक्रबार, १८ जुलाई २०२५, सिद्धार्थीनाम संवत्सर। श्रावण कृष्णपक्षको अष्टमी तिथि १५ः४२ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र अश्विनी ०१ः४५ बजेसम्म, उप्रान्त भरणी, चन्द्रमा राशि मेष, सूर्योदय ०५ः२० बजे र सूर्यास्त ०६ः५९ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
खर्च बढ्नुका साथै कामको मेसो नमिल्दा केही अलमल हुनेछ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
खर्च लागे पनि दिगो काम प्रारम्भ हुनेछ। चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
वैदेशिक क्षेत्रबाट लाभ मिल्नेछ । मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। मनग्य धन आर्जन गर्न सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। थोरै लगानीबाट प्रशस्त नाफा उठाउन सकिनेछ। भौतिक साधन जुट्नेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आम्दानीका स्रोत बढ्नुका साथै प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।मिहिनेतले नयाँ जिम्मेवारी दिलाउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
तारिफयोग्य कामको चर्चा हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। प्रतिष्ठा कमाउने बेला छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रयत्न गर्दा महŒवपूर्ण वस्तु लाभ होला। सहयोगीहरूले हिम्मत दिलाउनेछन्।चुनौतीभित्र अवसर खोज्ने समय छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला। अस्वस्थताका बावजुद कामको जिम्मेवारी बढ्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। अरूका लागि बुद्धि खर्चनुपर्ला। आफ्ना विषयमा अरूले दाबी गर्न सक्छन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
लगनशीलताले मात्र सङ्कल्प पूरा हुनेछ। सेवामूलक काम सम्पादन गर्न सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
चुनौतीभित्र अवसर खोज्ने समय छ। नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला।