धरान । धरान उपमहानगरपालिकाका लोकप्रिय पूर्व प्रमुख स्व. तारा सुब्बाको सातौं स्मृति दिवस बिहीबार धरानमा मनाइएको छ ।
धरान–१९ स्थित हरियाली पार्कमा दिवङ्गत नगर प्रमुख तारा सुब्बाको सातौं स्मृति दिवसको अवसरमा नेकपा (एमाले) १९ नं. वडा कमिटीले स्मृतिसभाको आयोजना गरेर स्व. सुब्बालाई सम्झेको छ ।
नेकपा (एमाले) धरान–१८ नं. वडा कमिटीले आयोजना गरेको स्मृति सभाको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका थिए ।
मुख्यमन्त्री कार्कीले दिवङ्गत तारा सुब्बाको सम्झनामा धरानको समग्र विकासका लागि सङ्कल्पसहितको सहकार्य आवश्यक रहेको बताए । “धरान बनाउने अभियान अब टुङ्गोमा पुर्याउने समय आएको छ । सङ्कल्प, योजना र कार्यान्वयन सँगसँगै जानुपर्ने आजको आवश्यकता हो” मुख्यमन्त्री कार्कीले भने, “धरानका लागि स्व. तारा सुब्बाको महत्वपूर्ण योगदान छ । उनको मार्गदर्शनमा धरानले काम गर्नुपर्ने उनको भनाइ थियो । कार्यक्रममा कोशी प्रदेशका सांसद् रमेश बस्नेत, विजयकुमार राई, यशोदा कायस्थ, विभिन्न राजनीतिक पार्टीका नेताहरूको उपस्थिति रहेको थियो ।