धरान । कोशी राजमार्गअन्तर्गत धरान इटहरी सडक खण्डको चारकोशे झाडी क्षेत्रमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।
सप्तरी जिल्लाको बोधेबर्साइन नगरपालिका ६ देउरीका बिमलकुमार साहको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको हो । टाउकोमा गम्भीर चोट लागेका उनको आज बिहान करिब १० बजेतिर आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । धरानस्थित बीपी कोइराला स्वासथ्य विज्ञान प्रतिष्ठानस्थित प्रहरी पोस्टका अनुसार उपचारको क्रममा १२ बजेतिर निधन भएको हो ।