धरान/किरात याक्थुङ चुम्लुङ धरान नगर समितिको आयोजनामा येलेतङ्बे सिसेक्पा तङ्नाममा नाङ्लो ठटाएर लुतो फाल्ने कार्यक्रम गरेका छन् । सङ्क्रान्ति पर्वकै दिन लुतो फाल्ने दिन पनि पर्छ । 

धरान–१५ स्थित चुम्लुङ हिमपरिसरमा सिसेक्पा तङ्नाममा राँको बालेर नाङ्लो ठटाउँदै लुतो, अनिकाल फाल्नेलगायतका कार्यक्रम गरेका छन् । कार्यक्रममा प्रमुख अथिति धरान उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघाले नयाँ पुस्तालाई यस पर्वबारे जानकारी नभएको बताए ।

यस्ता मौलिक पर्वहरूको पुस्तान्तरण गर्न आवश्यक रहेको उनले बताए । लिम्बू पत्रकार सङ्घ सुनसरीले हाल एक सुका अभियानबाट अक्षयकोष खडा गरेको अध्यक्ष स्वर्णिमहाङ फोम्बोले जानकारी दिए । हालसम्म एक लाख ६४ हजार सङ्कलन भएको बताए । उक्त रकम सहयोग गर्ने दातालाई सम्मान पत्र प्रदान गरिएको उनले जानकारी दिए ।