श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल भदौ १२ गते बिहीबार, २८ अगष्ट २०२५, सिद्धार्थीनाम संवत्सर। भाद्र शुक्लपक्षको पञ्चमी तिथि १५ः५४ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र चित्रा ०८ः१५ बजेसम्म, उप्रान्त स्वाती, चन्द्रमा राशि तुला, सूर्याेदय ०५ः४१ बजे र सूर्यास्त ०६ः२७ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अवसर प्राप्त भए पनि उपलब्धि हातपार्न समय लाग्नेछ। नियमले रोक्ने हुँदा लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अधिकारका लागि सजग रहनुपर्ला। प्रतिस्पर्धी बढ्नाले केही चुनौतीहरू देखिनेछन्। बाधा पु¥याउनेहरू धेरै हुनेछन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला। काम बिग्रने भयले पनि सताउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला।परिस्थिति सोचेजस्तो नहुनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मेसो नमिल्नाले काममा ढिलासुस्ती हुनेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सङ्घर्षले कर्मयोग अघि बढ्नेछ। अध्ययनमा धेरै समय जुट्न नसकिएला। योजना गोप्य राखेर अघि बढ्नुहोला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिस्थितिले स्वतन्त्रतामा समेत बाधा पु¥याउन सक्छ । मान्यजनको मार्गदर्शन अनुचित लाग्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुनसक्छ। बेसुरमा दिएको वचनले समस्या निम्त्याउनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
विशेष योजना सार्वजनिक नगर्नुहोला। पछिका लागि जोहो गर्नुपर्ने समय छ। आर्थिक काममा मन्दी आउन सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिस्थितिवश विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। अरूको बारेमा चासो लिँदा व्यर्थै झमेला बढ्न सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यापारमा सामान्य फाइदा हुनेछ। मिहिनेतले प्रतिद्वन्द्वीहरूलाई हराउन सकिनेछ। कर्मको उचित प्रतिफल पाइनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पुरुषार्थी कामले समाजमा स्थापित गराउनेछ। नयाँ काममा जग बसाउने मौका छ।