श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल भदौ ११ गते बुधबार, २७ अगष्ट २०२५, सिद्धार्थीनाम संवत्सर। भाद्र शुक्लपक्षको चतुर्थी तिथि १४ः०८ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र हस्ता ०५ः५९ बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमा राशि कन्या, सूर्योदय ०५ः४० बजे र सूर्यास्त ०६ः२८ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। उधारोमा व्यापार गर्नुपर्ला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य–चिन्ताले पनि सताउनेछ। अध्ययनमा बाधा हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
लक्ष्य प्राप्त गर्न समय लाग्नेछ। मिहिनेत गरे पनि चिताएको मूल्य प्राप्त नहुने देखिन्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि हासिल हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले राम्रो साथ दिनेछन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। आज अरूलाई दिने नभई धन भिœयाउने समय छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अरूको व्यवहारले शङ्का उब्जाए पनि मान्यजनको साथ– सहयोग प्राप्त हुनेछ। व्यापारमा लाभ हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
रचनात्मक काममा जुट्ने समय छ। उपलब्धिले उत्साह जगाउनेछ। उद्योग र व्यापारमा सामान्य फाइदा हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
गरिएका कर्मको सामान्य प्रतिफल पाइनेछ। तर, परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बेलामा होस नपु¥याउँदा बाध्यतामा परिनेछ। व्यापारतर्फ हिसाबकिताबमा होसियार रहनुहोला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ।