हङकङ / फ्रान्सको राष्ट्रिय समाचार संस्था एएफपीले शुक्रबार विशिष्ट एसियाली पत्रकारलाई प्रशंसित गर्ने लक्ष्यका साथ केट वेब पुरस्कार २०१६ को लागि आवेदन माग गरेको छ । एएफपीले पुरस्कारका लागि कठिन तथा साहसी काम गर्ने विशेष गरी फोटो तथा भिडियो पत्रकारलाई पुरस्कारका लागि आफू योग्य भएको पुष्टि हुने खालको अङ्ग्रेजीमा निवेदन, व्यक्तिगत विवरणलगायतका आवश्यक कागजातसहित आवेदन गर्न शुक्रबार आग्रह गरेको छ ।
निवेदन katewebbprize@afp.comमा इमेल मार्फत दर्ता गर्न सकिने बताइएको छ । यो पुरस्कार पहिलो पटक सन् २००८ मा पाकिस्तानी पत्रकार मुस्ताफ युसुफजाईलाई प्रदान गरिएको थियो । प्याट्रिसिया (फिलिपिन), भान्जेलिस्टा, दिलनाज मोर्गा (भारत) स्टेफानस टेग इडि प्रामोनो (इन्डोनेसिया) तथा फिलिपिनी सेन्टर फर इन्भेस्टिगनेटिभ जर्नालिज्मलाई यस पुरस्कारबाट पुरस्कृत गरिसकिएको छ । केट वेब पुरस्कार एएपफपीका सन् २००७ मा ६४ वर्षको उमेरमा मृत्यु भएका संवाददाता केट वेबको नाममा स्थापना गरिएको हो । एफपी