धरान/ ‘अन्डरवल्र्ड डन’ सुनिल सिंह धरानका केही नाम चलेका व्यापारीको निकट रहेको पाइएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।
धरानमा एक दशक अघिबाट बसिरहेका सिंह पक्राउपछि प्रहरीले गरेको अनुसन्धानका क्रममा यहाँका केही व्यापारीसँग उनी निकै निकट रहेको पाइएको अनुसन्धानमा संलग्न एक प्रहरीले बताए । उनका अनुसार सिंहको मोबाइलको कल रेकर्ड र अपहरणमा प्रयोग भएको सवारी साधनको अनुसन्धान गर्ने क्रममा यस्तो पाइएको हो । सिंहले भारतीय विद्यार्थीलाई अपहरण गर्दा प्रयोग गरेको को. १ च ८७१७ नम्बरको गाडी पनि धरान–७ भोटेपुलस्थित कुबेर अटो वक्र्सका सञ्चालक किरण अग्रवालको नाममा रहेको यातायात व्यवस्था कार्यालयको अभिलेखमा उल्लेख छ ।
झापा जिल्ला प्रहरी कार्यालयले सिंहको मुद्दाको मिसिल बनाउने क्रममा अग्रवाललाई जोगाउने गरी कागजात तयार पारेको प्रहरी स्रोतले जनाएको छ । स्रोत भन्छ, ‘तत्कालीन डीएसपी भीम दाहालको सहयोगमा किरणलाई उन्मुक्ति दिने गरी कागजात तयार पारियो ।’ स्रोतका अनुसार सिंह पक्राउपछि गाडी उनकी श्रीमती मिना कार्कीलाई बिक्री गरिएको कागजात तयार पारेर मिसिलमा समेटिएको छ ।
पक्राउअघि किनिएको बिर्तामोडको २ कठ्ठा १७ धुर जग्गा भने सिंहकै नाममा रहेको भए पनि उनले प्रयोग गर्ने गाडी भने श्रीमतीको नाममा हुनै नसक्ने स्रोतले जिकीर गरेको छ । यो विषयमा तत्कालीन डीएसपी दाहालसँग सम्पर्क गर्न कोशिस गर्दा उनी मिसनको क्रममा नेपालबाहिर रहेको थाहा भएको छ ।
गाडीधनी अग्रवालले आपूmबाट सिंहले ०७२ साउन २५ गते गाडी किनेर लगेको बताए । सिंहकी श्रीमती मिना कार्कीका नाममा गाडी बेचेको दावी उनले गरेका छन् । सिंह भदौ २५ गते समातिएका थिए भने बिक्रीनामा साउन २५ गतेको देखिएको छ । कुबेर अटोकै अर्का सञ्चालक प्रवीण अग्रवालले आपूmहरु र सिंह तीन वर्षदेखि परिचित रहेको बताए । उनले सवारी साधन बनाउन आउने क्रममा सिंहसँग परिचय भएपछि साथीभाइको सम्बन्ध मात्रै रहेको तर सिंह गिरोहसँग कुनै लेनदेन नरहेको जिकीर गरे ।
सिंहनिकट रहेको मानिएका अर्का व्यवसायी प्रिन्स भनिने अनिल अग्रवालले पनि सिंहसँग साथीभाइको सम्बन्ध मात्रै रहेको बताए । केही वर्षअघि धरानकै एक पेट्रोल पम्पमा पहिलोपटक आपूmले सिंहलाई भेटेको उनले जनाए । सिंहसँग आप्mनो कुनै लेनदेन नरहेको दावी गरे पनि उनले साथीभाइको सम्बन्ध भने रहेको स्वीकार गरे । अलैंची र सुन व्यवसायी प्रवीण अग्रवालले पनि साथीभाइको जस्तो सम्बन्ध रहेको तर आपूmहरुबीच आर्थिक लेनदेन नरहेको बताए । उनले सिंहसँग करीब तीन वर्षअघि परिचय भएको र उनलाई आपूmले व्यापारीका रुपमा मात्रै चिनेको बताए ।
अर्का व्यवसायी प्रकाश डागाले पनि करीब तीन वर्षअघि सिंहसँग परिचय भएको जनाए । उनले सिंहलाई आपूmले व्यापारीका रुपमा मात्रै चिनेको बताउदै आर्थिक लेनदेन भने नरहेको दावी गरे । उनले चतरामा रहेको कृष्ण दासको आश्रममा जाँदा परिचित बनेको बताए । सुनसरीको खनार क्षेत्रमा रहेको फम उद्योगका सञ्चालक मनिष अग्रवालले कुनै सम्बन्ध नरहेको दावी गरे । उनले आपूmले चिनेको र आप्mनो पसलबाट सामान लैजाने गरेको मात्रै बताए ।
उता भद्रपुर क्षेत्रमा रहेर सामानको ‘केयरिङ’ गरिरहेका सञ्जीव घोषसमेत उनीनिकट रहेको प्रहरी स्रोतले बताएको छ । सिंह पक्राउपछि उनको मुद्दालाई कमजोर बनाउन भारतको सिलिगुडीमा भएको छलफलमा सिंहसमेत सहभागी रहेको प्रहरी स्रोतले बताए पनि घोषले भने आपूmले सुनिल सिंह नाम गरेको कुनै व्यक्तिलाई पनि नचिनेको र कुनै सम्बन्ध नरहेको बताए ।
पक्राउपछि प्रहरीले सम्पत्ति शुद्धीकरण विभागमा पठाएको पत्रमा पनि सिंहको मात्रै सम्पत्ति छानविन गर्न भनिएको प्रहरी स्रोतले बताएको छ । सिंहले अवैध कारोबार गरी कमाएको अकुत सम्पत्ति उनीनिकट व्यापारीसँग रहेको स्रोतको दावी छ । सम्पत्ति शुद्धीकरण विभागले भने छानविनको क्रममा रहेको विषयमा केही पनि बताउन नमिल्ने जनाएको छ । विभागका निर्देशक शिशिर घिमिरेले अनुसन्धान पूरा नभई केही पनि बताउन नमिल्ने जनाए ।
झापाका डीएसपी हरि शर्माले आपूm नयाँ रहेको र सो मुद्दाका विषयमा पूर्ण जानकार नरहेको बताए । अनुसन्धानको क्रममा सिंहनिकट देखिएकालाई अनुसन्धानको दायरामा राखिएको जिकीर उनले गरे । सिंह एकजनाको नाममा भएको सम्पत्ति छानविन गर्न विभागमा पठाइएको भए पनि सिंहनिकटहरु अनुसन्धानको दायरामा पर्ने उनले दावी गरे ।
सिंह अन्डरवल्र्ड डन दाउद इब्राहिमनिकट मानिएका पप्पुदेवका दाहिने हात मानिन्छन् ।