धरान/अफगानिस्तानको काबुलस्थित अमेरिकी विश्वविद्यालय आक्रमण गर्दा झण्डै १३ जनाको मृत्यु भएको विदेशी सञ्चारमाध्यमहरुले जनाएका छन् । मारिने मध्ये ७ जना विद्यार्थीहरु रहेको बताइएको छ । काबुल प्रहरीका अनुसार अफगानिस्तान सुरक्षाबलले हमला भएको १० घण्टापछि आक्रमणमा संलग्न दुई बन्दुकधारीलाई मारेको छ । काबुल प्रहरीका प्रमुख अब्दुल रहमान रहीमीले बीबीसीलाई दिन अनुसार मारिने मध्येमा तीनजना प्रहरी पनि रहेका छन् । त्यस्तै विश्वविद्यालयका ३ जना सुरक्षागार्ड रहेको बताइन्छ । आक्रमणबाट ३५ विद्यार्थी तथा ९ प्रहरी घाइते भएको बताइएको छ भने आक्रमणकारीको नियन्त्रणमा रहेका ७ सय ५० जना विद्यार्थी तथा कर्मचारीलाई सकुशल उद्धार गरिएको छ । उक्त विश्वविद्यालयमा करिव १७ सय विद्यार्थीहरु अध्यापन गर्ने गरेका छन् ।