mapतरहरा/लामो समययता धरान र साविक हाँसपोसा गाविसको सिमाना छुट्याइरहेको सिमानाको विषयमा चरम विवाद उत्पन्न भएको छ । साविक हाँसपोसा इटहरी उपमहानगरपालिकामा गाभिएपछि र धरान पनि उपमहानगरपालिका भएपछि धरान र इटहरीबीच सीमा विवाद उत्कर्षमा पुगेको छ ।

इटहरी उपमहानगरपालिकाले आप्mनो सिमाना मान्दै आएको सेउती खोलावारि इटहरी पमहानगरपालिकाले राखेको स्वागत बोर्ड धरान काङ्ग्रेसले उखेलेपछि इटहरीवासीले यसप्रति आपत्ति जनाएका हुन् । इतिहास नै मेटिने गरी धरानले बोर्ड हटाउनु निन्दनीय भएको धारणा सामाजिक अगुवाहरुले व्यक्त गरेका छन् । तरहरास्थित सामुदायिक वन उपभोक्ता समूहमा बुधबार भएको सर्वपक्षीय भेलाले पनि यसप्रति आपत्ति जनाएको छ । भेलाका अधिकांश वक्ताले इटहरीको बोर्ड फालिएकोमा आपत्ति जनाएका थिए ।तरहराका सामाजिक अगुवा ज्ञानबहादुर खड्काले पनि अहिले आएर सिमानाको विवाद निकाल्नु गलत भएको धारणा राखे । ‘यो विषय राज्यले समाधान गरोस् । अहिले धरानले इटहरीको सिमानाको बोर्ड फालेर विवाद गर्ने बेला हैन ।’

उनले भने । पहिलादेखि नै सेउतीलाई सबैले सिमाना मान्दै आएको भए पनि धरान उपमहानगरपालिका भएसँगै प्रोपोगाण्डा मच्चाउन शुरु गरिएको खड्काको भनाइ छ । ‘हामीले यो विषयमा विवाद गर्ने हैन, राज्यले तत्काल समस्याको समाधान गरोस् ।’ उनले थपे । सोही भेलामा स्थानीय राजनीतिक अगुवा दलेन्द्र खड्काले जमानादेखि मिल्दै आएको सिमानामा प्रोपोगाण्डा मच्चाउनु नाजायज भएको भन्दै सेउतीयताको क्षेत्र इटहरीकै भएको दावी गरे । नीय राजनीतिक अगुवा मणिराम श्रेष्ठले पनि इतिहासदेखि भोगचलन गरिरहेको क्षेत्रलाई धरानले दावी गर्नुको औचित्य नभएको जिकीर गरे । सेउतीवारिको सम्पूर्ण भूभाग इटहरीकै भएको उनको दावी छ । वनको मात्र नभई धरान र इटहरीको सिमानासमेत त्यहीँ भएकोले सीमाङ्कनको विषयलाई नचर्काउन उनको सुझाव छ । यस्तै तालतलैया विकास संरक्षण समितिका अध्यक्ष वीरबहादुर लिम्बूले बोर्ड निकालिएकोमा दुःख व्यक्त गरे ।

भेलामा राजनीतिक अगुवाहरु राजकुमार राई, रुद्र बस्नेत, टीका वन, केशर प्रधान, बालकृष्ण विष्ट, सञ्जीव खड्का, कर्ण राउतलगायतले सीमाको विषयमा विवाद निकाल्नु गलत भएको र सेउतीयताको भाग इटहरीकै भएको धारणा राखे ।धरान उपमहानगरपालिकामा लामो समय बसेर इटहरी उपमहानगरपालिकामा भर्खरै आएका कार्यकारी अधिकृत टीकादत्त राईले यस विषयलाई समाधान गर्न आपूmले बारम्बार प्रयास गरिसकेको बताए । क्षेत्रीय प्रशासन तथा जिल्ला विकास समितिसँग सीमाको आधिकारिकता मागे पनि फेला नपरेको उनले बताए । ‘लामो समयदेखि सेउतीयता इटहरीले नै उपभोग गर्दै आएको देखिन्छ’, उनले भने, ‘धरान नगरपालिका हुँदा १ सय ३ वर्गकिलोमिटर रहेको रेकर्ड भए पनि जेएसआई गर्दा पानीपिया खोलालाई कायम गरी १ सय ३१ हेक्टर कायम गरेको पाइयो । यसो हुँदा तरहरा पानीपियासम्म पर्छ ।’