उर्लाबारी / झाडापखालाबाट मोरङमा एक सुत्केरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङ सोराभाग(९ स्थित सुुकुुम्वासी टोलका २५ वर्षीया चिनियाँ ऋषिदेव रहेकी छिन् । एक हप्तादेखि झाडापखालाकाबाट सिकिस्त भएकी उनको आफ्नै घरमा गएराति मृत्युु भएको हो ।
ऋषिदेवको एक महिनाको बच्चा रहेको मृतकका बुुबा रामजी ऋषिदेवले बताए । झाडापखालाका कारण सो बस्तीमा अझै आधादर्जन महिला बिरामी परेको स्थानीयबासिन्दाले बताएका छन् ।