raktaपाँचकन्या/ धरान–१ स्थित शिखर युवा समाजले रक्तदान, सम्मान कार्यक्रम आयोजना गरेको छ । १३ औं वार्षिकोत्सवका अवसरमा २९ पिन्ट रगत सङ्कलन भएको समाजले जनाएको छ ।

कार्यक्रममा सोही ठाउँ निवासी मिस मंगोल २०१५ की फस्ट रनरअप बनेकी स्वरुपा थापा मगरलाई विशेष सम्मान गरिएको थियो । यस्तै, अभिभावक रामबहादुर श्रेष्ठ, अभिमन्यु सङ्ग्रौला, यादव श्रेष्ठ, नविन तामाङ, रेणुका श्रेष्ठ, चन्द्रमाया श्रेष्ठलगायतलाई सम्मान गरिएको थियो । यस्तै, समाजका लागि योगदान गर्ने विभिन्न व्यक्तित्व साथै ब्याटल प्रतियोगितामा नेपाल प्रथम बनेका सोही ठाउँ निवासी सरोज कार्की ‘रकेट’ लाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि ब्लाष्ट टाइम्स राष्ट्रिय दैनिकका प्रधान सम्पादक राजकुमार कार्कीले उनीहरुलाई सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै प्रधान सम्पादक कार्कीले देश परिवर्तनमा युवाको भूमिका महत्वपूर्ण हुने बताए । कार्यक्रममा सामुदायिक प्रहरी केन्द्रका महासचिव मुरारी भट्टराई, होटल एशोसिएसन अफका महासचिव श्याम पोखरेल, योग साधक समूह धरानका पर्वतमान श्रेष्ठ, सौभाग्यप्रकाश श्रेष्ठ, नन्दमान श्रेष्ठलगायतको उपस्थिति थियो । समाजका अध्यक्ष युनेश रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सामुदायिक सेवा केन्द्रका सहसचिव टेकेन्द्र ढकालले गरेका थिए ।