Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • पूर्व
  • जोगबनी धरान व्यापारिक मार्ग– दुहबी इटहरीमा समस्या

जोगबनी धरान व्यापारिक मार्ग– दुहबी इटहरीमा समस्या

  • कार्तिक १३, २०७३
  • ब्लाष्ट खबर

itariइटहरी/भारत र तेस्रो मुलुकसँगको व्यापार सहजीकरणका लागि विराटनगरको रानी जोगबनी नाकादेखि धरानसम्मको ५० किलोमिटर व्यापारिक मार्ग छ लेनको विस्तार गर्ने योजना रहे पनि सो सम्भावना न्यून हुँदै गएको छ । जोगबनी विराटनगर पहडगाछलगायतका क्षेत्रमा छ लेनको सडक हुने आयोजनाले भन्दै आए पनि सो मार्गमा पर्ने दुहबी र इटहरीको मुख्य बजार क्षेत्रको सडकको दायाँबायाँ रहेका भवन भत्काउने विवादका कारण सो सम्भावना न्यून हुँदै गएको हो ।

सडक विस्तार हुँदा दुहबीमा पक्की र कच्ची गरी १७७ घर र इटहरीको मूलचोकबाट दक्षिण तर्फका केही घर भत्काउनुपर्छ । यी दुवै स्थानमा ठूलठूला पक्की घर रहेका छन् । मुलुकको व्यापार विस्तार तथा भारत र तेस्रो मुलुकसँगको आयात निर्यातका लागि अहिले जोगबनी विराटनगर हुँदै धरानसम्म छ लेन सडक विस्तार गर्ने भनिए पनि त्यो यथार्थमा चार लेनमा नै सीमित हुने भनाइ आयोजनाका कर्मचारीको छ । सडकमा दायाँबायाँ तीन–तीन लेन हुने र मध्यभागमा दुईतिर सडक विभाजित गर्ने कङ्क्रिटका डिभाइडरको संरचनासँगै सडकको दुवैतिर बिरुवा रोपेर हरियाली पारिने योजना रहेको छ । सडकसँगै पैदलयात्राका लागि फुटपाथ र ढलसमेत रहने योजना छ । तर मुख्य बजार क्षेत्रमा भने जग्गा अभावले गर्दा हरियाली नहुने र फुटपाथ पनि साँघुरो हुने सम्भावना बढेको देखिन्छ । निर्धारण गरिएअनुसार छ लेन सडक विस्तार गर्दा आयोजनाले सडकको केन्द्रबाट दायाँबायाँ २५÷२५ मि विस्तार गर्ने योजना बनाएर काम अघि बढाए पनि जग्गा अपुग भएपछि डिजाइन परिवर्तन गरेर पछि केन्द्रबाट दायाँबायाँ १५÷१५ मि मात्र विस्तार गर्ने कार्य गरिरहेकाले अब सडक छ लेनको होइन चार लेनमा मात्र सीमित हुनेमा कुनै शङ्का नरहेको स्थानीयबासिन्दाको दाबी छ ।

“दुहबी बजार क्षेत्रमा अहिले भएको सडकको जग्गाबाहेक अरु दुई बिगाहा जग्गा चाहिन्छ र त्यहाँ बनेका घर पनि भत्काउनुपर्छ”– सडक आयोजना प्रमुख दीपक भट्टराईले ले भने  “जग्गा उपलब्ध गराई दिन भनी सडक विभागलाई पत्रचार गरिसकिएको छ ।” उनका अनुसार बजार क्षेत्रको केही जग्गा नगरपालिकाको समेत स्वामित्वमा रहेका र कतिपय जग्गा व्यक्तिको व्यक्तिगत रहेकाले घर जग्गाभन्दा पनि घर भत्काउँदा ठूलो क्षति हुने हुँदा यसबारे सरकारको निर्णय नआएकाले दुहबी बजार क्षेत्रमा ठेक्का लगाउन बाँकी छ । सरकारले घर जग्गाको मुआब्जा दिने वा अन्य कुनै वैकल्पिक उपाय गर्ने त्यसबारे निर्णय आएपछि मात्र सो क्षेत्रको सडक निर्माणसम्बन्धी ठेक्का लगाउन सकिने धारणा आयोजना प्रमुख भट्टराईको छ ।

सडक विस्तारका लागि चालु आर्थिक वर्षमा दुहबीको उत्तरदेखि इटहरीको मूलचोकभन्दा केही दक्षिणसम्मको ठेक्का लागेको छ । दुहबीदेखि इटहरी र विराटनगर बजार क्षेत्रको सडक निर्माणका लागि यसवर्ष रु दुई अर्ब २३ करोडमा ठेक्का लागेको हो । यसअघि विराटनगरको रानीदेखि १५ किलोमिटर सडक रु दुई अर्ब ८२ करोडमा ठेक्का लागेको थियो । विराटनगरदेखि इटहरीसम्मको २९ किलोमिटर सडक ठेक्का लागिसकेको छ । ठेक्का लागेको सडकमध्ये २०६९÷७० देखि अघिल्लो वर्षसम्म लागेको १५ किलोमिटर सडकमध्ये सातवटा प्याकेजमा ठेक्का लागेको थियो । “अघिल्लो वर्षसम्ममा ठेक्का लागेको १५ किलोमिटरको सातवटा प्याकेजमध्ये तीनवटा प्याकेजको ६० प्रतिशत र अरु चारवटाको २० प्रतिशत काम सकिएको छ”–प्रमुख भट्टराईले भने ।

जोगबनी विराटनगरदेखि धरानसम्म रु १० अर्ब ९८ करोडको लागतमा सात वर्षभित्रमा व्यापारिक सडक विस्तार गर्ने लक्ष्य राखिए पनि त्यो अवधिमा इटहरीसम्म मात्र सडक पूरा हुने वर्तमान अवस्थाले देखाएको छ । “२०७६ असार मसान्तसम्म विराटनगरको रानीदेखि इटहरीसम्म सडक विस्तार हुनेछ”–आयोजना प्रमुख भट्टराईले भन्नुभयो, “अब इटहरीदेखि धरानसम्म अर्को वर्षदेखि गृहकार्य अघि बढ्ने छ ।” आव २०६९÷७० देखि सुरु भएर २०७५÷७६ सम्ममा यो सडक निर्माण पूरा गर्ने लक्ष्य राखिएपनि जग्गा अभावका कारण विगतको सर्भे डिजाइनमा केही परिवर्तन गर्नु परेकाले यसको निर्माणमा ढिलाइ हुन गएको हो । रासस

सम्बन्धित समाचार
बिरामी जाँच्ने चिकित्सकलाई यातायात कार्यालयमा सरुवा

विराटनगर । कोशी प्रदेशका दुर्गम तथा सुगम क्षेत्रका सयौं सरकारी स्वास्थ ...

१२ औं इजा स्मृति दिवसः दार्जिलिङमा जब स्मृतिले सिर्जनालाई अँगाल्यो

स्मृति केवल विगतको सम्झना होइन, त्यो वर्तमान र भविष्यबीचको एक पुल हो । जहाँ ...

आजको राशिफलः २०८२ साल साउन ३१ गते शनिबार

श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि. सं. २०८२ साल साउन ३१ गते शनिबार, १ ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
बिरामी जाँच्ने चिकित्सकलाई यातायात कार्यालयमा सरुवा
१२ औं इजा स्मृति दिवसः दार्जिलिङमा जब स्मृतिले सिर्जनालाई अँगाल्यो
आजको राशिफलः २०८२ साल साउन ३१ गते शनिबार
सांसद् पत्नी जोडिएको ठगी मुद्दाः १३ पटक स्थगन
अरबमा बन्धक बनाई नेपालमा ठगी
वर्षाले भत्कायो छिन्नमस्ता मन्दिर
विद्यालयको कक्षा कोठामा पानी चुहिएपछि पढाइमा बाधा
सुधार गृह ‘सुधार’ गरौं
आजको राशिफलः २०८२ साल साउन ३० गते शुक्रबार
हुलाकी सडक निर्माण सुस्तः ठेकेदारलाई सोधियो स्पष्टीकरण
करणी र बालयौन दुराचार आरोपमा दुई पक्राउ
‘इटहरी उपमहानगरमा आर्थिक अनियमितता र चुहावट’
भद्रपुर म्याराथुनमा पुष्पा र करुण विजेता
‘अवशिष्ट अधिकार’ र नगरप्रमुखको कानूनी ज्ञानको प्रश्न
आजको राशिफलः २०८२ साल साउन २९ गते बिहीबार
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
टिकटकको नयाँ फिचर्स सेवा सुरु
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved