काठमाडौँ/ धितोपत्र बजारमा आजको नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । लगातार ओरालो लाग्दै आएको बजार आज थप ओर्लिएर एक हजार ३७५ बिन्दुमा आइपुगेको छ । क वर्गका कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत १।५६ बिन्दुले घटेको छ । कुल १० लाख ४५ हजार ४४९ कित्ता सेयर रु ५१ करोड ५७ लाख ८० हजार ४६२ मा खरिद बिक्री भएको नेपाल स्टक एक्चेन्जले जनाएको छ । स्टकका अनुसार बैंकिङ १।७५, होटल ०।३१, विकास बैंक १।२८, जलविद्युत् ०।२, फाइनान्स १।३७, बिमा १।५९ र अन्य समूह १।७८ प्रतिशतले घटेको छ । रासस