काठमाडौँ, / बजारमा देखिएको लगानीयोग्य रकम (तरलता)को कमीलाई सम्बोधन गर्न नेपाल राष्ट्र बैंकले रिपोमार्फत आह्वान गरिएको रु २० अर्बको प्रस्तावमा रु १९ अर्ब ६५ करोडको दाबी गरिएको छ । नेपाल राष्ट्र बैंकले आह्वान गरेको प्रस्ताव रिपो प्रस्ताव रु १७ अर्ब ८१ करोड रकमलाई बजारमा एक साताका लागि भएको बैंकका प्रवक्ता नारायण पौडेलले राससलाई जानकारी दिनुभयो ।

एक साताको समयावधि दिएर गरिएको आह्वानमा राष्ट्र बैंकले अधिकतम ७।५ प्रतिशत, न्यूनतम ४।०९ र औसत ब्याजदर ५।६८ प्रतिशत तोकेको थियो । राष्ट्र बैंकले आगामी मङ्गलबार बैंक तथा वित्तीय संस्थाबाट रु २० अर्ब बराबरको बन्ड खरिद गर्ने जनाएको छ । यसबाट रु २० अर्ब बराबरको तरलता प्रवाह हुनेछ ।

नेपाल राष्ट्र बैंकका अनुसार बजारमा रु १९ अर्ब २० करोड तरलता अभाव छ । रासस